arrow

गौमुल गाउँपालिकाले ल्यायो नयाँ नीति, जडिबुटी संकलन बन्ददेखि वित्तिय बैँकलाई प्रतिबन्धसम्म

logo
रमित बिक
प्रकाशित २०७४ फागुन ९ बुधबार
gaumul-gaupalika.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिका क्षेत्रभित्र रहेका राष्ट्रिय तथा सामुदायिक वनहरुबाट जडीबुटीहरुमा च्याउ बाहेक सम्पूर्ण जडीबुटीलाई ३ वर्षसम्मका लागि संकलन कार्य पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 

यसका लागि सिमाना क्षेत्रका स्थानीय तहहरुसंग समन्वय गरी जडिबुटी संकलन कार्य पूर्णरुपमा प्रतिबन्ध भएको जनाउने बताइएको छ । 

बिउ विस्तारका लागि वनको जडिबुटी संकलनमा पनि रोक लगाईने भएको छ । 

त्यस्तै गाउँमा जनतालाई घुमाउरो पारामा ठगी गरी महगों व्याज लिने कुनै पनि वित्तिय बैँकहरुलाई समेत बन्देज गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गरिएको छ । 

प्रत्येक वडामा बहुउद्देश्यीय सहकारी सञ्चालन गरी जनतालाई आत्मनिर्भर बनाउन गाउँपालिकाले १५ लाख अनुदान दिने र वित्तिय कुनै पनि संस्था सञ्चालन नगरिने भएको छ । 

साथै गाउँपालिकामा  अवैध रुपमा घुम्ति तथा फुटकर व्यापारीहरुलाई पूर्णरुपमा बन्द गर्ने समेत निर्णय गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

अवैध रुपमा मदिरा विक्री वितरण र विना लाईसेन्स खोलिएका मदिरा पसलहरु पूर्ण रुपमा वन्द गर्ने गराउने र वैध मदिरा व्यावसायीहरुलाई विक्री वितरण कार्य व्यवस्थित गर्ने र मदीरा सेवन कार्ड तयार पार्ने र यसका लागि गौमुल गाउँपालिकाको मदिरा विक्रि वितरण व्यवस्थित गर्न बनेको निमावली तयार पारी प्रभावकारी बनाउने र मदिरा सेवन गर्नेलाई हातमा कार्ड वितरण गर्ने समेत निर्णय गरिएको छ । 

दोस्रो गाउँ सभाबाट ११ वटा स्थानिय कानु तथा ऐनहरु पारित गरी राजपत्रमा प्रकाशन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ । 

गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक पर्ने वजेट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा माग गर्ने,सडक सञ्जालमा जोडीएकाले गाउँपालिकालाई आवश्यक पर्ने चारपाँग्रे सवारी साधान सम्बन्धित तह, क्षेत्र र निकायहरुसँग माग गर्ने, गाउँपालिका पाश्र्वचित्र र गाउँपालिकाको सम्पूर्ण वडाहरुलाई सडक सञ्जालमा जोड्नका लागि सडक सर्भे कार्य सम्पन्न भई सोको पुस्तिका समेत प्रकाशन भई सकेकाले सोको अनुमोदन गरिने, गाउँपालिका क्षेत्र भित्र रहेको संस्थागत र सार्वजनिक प्रतिबाँझो जग्गालाई गाउँपालिकाको मातहतमा ल्याई आवश्यकता अनुसार प्रयोग गर्ने,उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन समेत गठन गरिएको छ । 

जसमा संयोजकमा उपाध्यक्ष सिता थापा, सदस्यहरुमा वडा नं १ का वडा अध्यक्ष बल बहादुर रोकाया र कलक बहादुर सिंह रहेका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४–०७५ को संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण वाफतको रकम ११ करोड ४५ लाख २७ हजार,संघीय सरकारबाट प्राप्त हुने ५ करोड ८ लाख २२ हजार, संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम वाफतको ४ करोड ९९ लाख ४७ हजार, गत वर्षको बाँकी ६६ लाख ८४ हजार,अनुमानित राजश्व २ लाख ९ हजार ५ सय, मध्येमा हालसम्म निकासा भएको रकम १२ करोड ५३ लाख ४८ हजार ६ सय ६४ मा खर्च भएको रकम शिक्षा तर्फ १ करोड ५ लाख, स्वास्थ्य तर्फ २४ लाख ३० हजार, कृषितर्फ २७ लाख १५ हजार,पशु शाखा तर्फ १५ लाख, गाउँपालिका पूजिगत १ करोड, गाउँपालिका चालु तर्फ ३५ लाख, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तर्फ ३६ लाख ३२ हजार, सामाजिक सुरक्षा तर्फ ६ करोड २ लाख ८२ हजार २ सय  ९८ र राजश्व संकलन १ लाख वजेटका साथै आगामी आ व२०७५–०७६ को प्रस्तावित अनुमानित बजेट भौतिक पूर्वाधार तर्फ ६२ करोड ९० लाख, आर्थिक विकासतर्फ ११ करोड २० लाख, सामाजिक विकास तर्फ १२ करोड ९९ लाख, वातावरण तथा विपद् व्यवस्थापन ५ करोड ७० लाख, संस्थागत तथा सेवा प्रवाह १ करोड, वित्तीय व्यवस्थापन तथा सुशासन २१ लाख र कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च १० करोड बजटे गाउँसभाबाट सर्वसम्मत पारित गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ