arrow

कालाेधन जोगाउन प्रधानमन्त्रीसँग गुहार, को-को पुगे बालुवाटार ?

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
Chember_baluwatar.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालो धनलाई लगानी गर्न दिने अभिव्यक्ति दिएसँगै स्रोत नखुलेको सम्पत्तिको विषयलार्इ लिएर व्यवसायीहरुले प्रधानमन्त्रीलार्इ दबाब दिन थालेका छन्। व्यवसायीहरुले स्रोत नखुलेको सम्पत्तिलार्इ कानूनी दायरामा ल्याउने व्यवस्थाको लागि दबाब दिन टोली मिलेर नै प्रधानमन्त्री निवास बालुवाटार धाउन थालेका हुन्। ओलीले त्यस्तो सम्पत्तिलाई लगानी गर्न दिने संकेत देखाएपछि बिहीबार मात्रै नेपाल चेम्वर अफ कमर्सले बिहीबार प्रधानमन्त्री ओलीसमक्ष स्रोत नखुलेका सम्पत्तिलाई पनि लगानी गर्न दिन माग गरेको बालुवाटार स्रोतले जनाएको छ । 

निजी क्षेत्रकोतर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाइएको सुझाब प्रतिवेदन सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिइएको छ । 

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक विशेष कार्यक्रमवीच २३ पृष्ठ लामो सुझाब प्रतिवेदन बुझाएका हुन् बुझाइएको सुझाव प्रतिवेदन १८ वुँदे छन । त्यसमा कृषि, उर्जा, पर्यटन क्षेत्रका सुझाब छन । यस्तै डुईग विजनेशको लागत घटाउने, कानुनी शाशनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी विषय सुझाबका बुँंदाहरु छन । साथसाथै राजश्वतर्फ, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेटालियम पदार्थ सम्वन्धी व्यवस्थालगायतका विषयमा पनि सुझाबका बुँंदा छन । 

सुझाबको बँंदामा अत्याधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिइनुपर्ने उपयुक्त हुने सुझाब छ । अन्य सुझाबका बुँंदाहरुमा आर्थिक क्षेत्रसँंग सम्वन्धित ऐनहरुलाई ग्राहयता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिग क्षेत्रका सुझाब छन । वित व्यवस्थातर्फ, श्रोतको अभिलेखीकरण, बजार अनुगमन तथा कालोबजार ऐन गरी सुझाब १८ वटा बुँंदामा उल्लेख भएका छन । 

सुझाब बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त नहुने बताए । स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुयाउने योजना रहेको उनले सुनाए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको उनले सुनाए । 

चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी दिए । उनले तत्काल गर्न सकिने र दीर्घकालिन योजनाका सुझाबहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराए । स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल  गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्र मान श्रेष्ठ, दीपक कुमार  मलहोत्रा, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ