- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड ठूलो हारबाट जोगिएको छ ।
रेलिगेशन क्षेत्रको क्रिस्टल प्यालेस विरुद्धको खेलमा म्यान्चेस्टर ३–२ ले विजयी भएको हो ।
११ औं मिनेटमा पहिलो र ४८ औं मिनेटमा दोस्रो गोल खाएर २–० ले पछि परेको म्यान्चेस्टर युनाइटेडलाई ५५ औं मिनेटमा क्रिस स्मालिङ, ७६ औं मिनेटमा रोमेलु लुकाकु र इन्जुरी समयमा नेमान्जा माटिकले गोल गर्दै ३–२ ले जिताए ।
यो महत्वपूर्ण ३ अंकसंगै म्यान्चेस्टर युनाइटेड लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
यो जितले म्यानेजर जोजे मौरिन्होका हड्डी हाँसेका छन् ।
उनी पनि जितपछि विश्वस्त हुन सकेका छैनन् । अन्तिम समयमा माटिकले गरेको गोलबाट युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको हो ।
लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीको २९ औं चरणको समाप्तिसम्म ७८ अंक छ । म्यान्चेस्टर युनाइटेडको ६२ अंक मात्र छ ।
१६ अंकको अग्रता लिइसकेका अवस्थामा यदि दुवै टिमले जितलाई निरन्तरता दिए पनि तीन खेलअघि नै सिटीले उपाधि पक्का गर्नेछ ।