arrow

क्युुबामा क्यास्त्रो युगको च्याप्टर क्लोज हुँदै 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
castro.JPG

एजेन्सी । कम्यूनिष्ट मुलुक क्यूूबाको नयाँ राष्ट्रिय सभाका लागि मतदान भएको छ । यो चुनावसँगै, करीब ६ दशकपछि क्यूबाको शासनसत्ता क्यास्त्रो परिवारको हातबाट बाहिर जानेछ ।

सन् २०१६ मा फिडेल क्यास्त्रोको निधन भएपछि, क्यूबामा पहिलो आम चुनाव भएको हो । नव गठित राष्ट्रिय सभाले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्त्रोका उत्तराधिकारी चयन गर्नेछ । राउल क्यास्त्रोले आउँदो महिना पद त्याग्दैछन् । क्यास्त्रोले सान्टियागो डे क्यूबा प्रान्तबाट र उनका उत्तराधिकारीका रुपमा हेरिएका उपराष्ट्रपति मिगुएल डियाज क्यानेलले, सान्ता क्लारा प्रान्तबाट मतदान गरेका छन् ।

मतदानपछि डियाज क्यानलले जनताको शान्ति, स्वतन्त्रता र संप्रभुता कायम गरिने बाचा गरेका छन् । सन् १९५९ को क्रान्तिपछि सत्तामा पुुगेका फिडेल क्यास्त्रो काम गर्न नसक्ने गरी थलिएपछि, क्यूबाको सत्ता उनका भाइ राउल क्यास्त्रोले सम्हाल्दै आएका छन् । करीब ८० लाख मतदाताले ६ सय ५ जना सांसद चयन गर्दैछन् । 

मतदानपछि कसले के भने ? 
८२ वर्षीय लेफ्टिनेन्ट कर्नेल रिगोबर्टो सेलोरियोले भने, “नयाँ संसदका लागि काम गर्न चुनौती थपिने छ, तर यो जीवनको प्राकृतिक नियम हो, हामी बुढा भयौं अब अबकास लिनै पर्छ“ । उनले थपे, “यो सही समय पनि हो । सत्ता त्यागे पनि राउल कम्यूनिष्ट पार्टीको फष्ट सेक्रेटरी बनरिहनेछन्“ । 

कानून र इतिहासका प्राध्यापक जुलियो सिजार गौंचाले भने, “यसअघि जस्तो व्यक्तिगत तरीकाले मुलुक चल्नेछैन, अब संस्थागत र बैधानिक रुपमा क्यूबाले नयाँ राष्ट्रपति पाउने छ“ । अन्तिम नतिजा स्थानीय मिति अनुसार सोमबार नै आउनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ