arrow

नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
morcha-neta-bihar-bhet.jpg.jpeg
काठमाडौं । साढे पाँच महिनादेखि भारतीय सहयोगमा बन्द रहेको नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद देखिएको छ । संविधान संशोधनपछि मोर्चाले नाकाबन्दीलाई निरन्तरता दिँदै आन्दोलन खुकुलो बनाएपछि तराईका जनजीवन सामान्य बनिसकेको छ ।
 
पछिल्लोपटक नाकाबन्दी जारी राख्ने वा फिर्ता लिने विषयमा मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीका शीर्ष नेताबीच असमझदारी बनेको छ । नागरिक दैनिकमा समाचार छ-नेताहरुबीचमै खटपट बढेपछि नाकाबन्दीको विषय थप जटिल बनेको छ ।
 
तराइमा अराजक बन्दै आन्दोलनकारी गएका हुन् ।यसैबीच संविधान संशोधनपछि सुस्ताएका आन्दोलनकारी नेपाली कांग्रेसको अधिवेशन विथोल्ने नाममा अराजक प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीइ समावेशी मधेसी गठबन्धनका कार्यकर्ताले जनकपुरमा सोमबार छानीछानी कांग्रेस सांसदको घर आगजनी र तोडफोड गरे ।
 
आन्दोलनकारीले पूर्वमन्त्री विमलेन्द्र निधिको घरमा आगजनी गर्नुका साथै सांसदहरु आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव र लीला कोइरालाको घरमा एकैसाथ ढुंगामुढा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ