arrow

के हो राजकीय भ्रमण ? के हुन् आधारभूत १० बुँदा ?

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
kp_oli1.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली चैत अन्तिम साता छिमेकी भारतको राजकीय भ्रमणमा निस्किने भनिएको छ। यद्यपि उनको भ्रमणको यकिन भएको छैन। कतिपय संचार माध्यमले (२५ गतेदेखि २७)सम्मको मिति नै उल्लेख गरी समाचार लेखिदिए । यो तिथीको औपचारिक पुष्टि भने भइसकेको छैन । नेपालबाट राष्ट्र प्रमुखले गर्ने भारत भ्रमण प्रायः राजकीय नै हुन्छ । ओली, सरकार प्रमुख हुन् ।

कूटनीतिक तहमा राष्ट्र वा सरकार प्रमुखको भ्रमण पाँच किसिमको हुन्छ । यसमा राजकीय भ्रमण पहिलो नम्बरमा आउँछ । त्यसपछि औपचारिक भ्रमण, कार्यगत भ्रमण, निजी भ्रमण र सरकारी पाहुनाको रुपमा भ्रमण हुन्छ । अहिलेसम्म बेलायती महारानी एलिजावेद द्वितीयले २ सय ६१ पटक विदेश भ्रमण गरेकी छन् । त्यसमध्ये उनका ९६ वटा भ्रमण राजकीय रहे । विश्वमा सबैभन्दा धेरै राजकीय भ्रमण गर्ने नाम एलिजावेद नै हो ।

राजकीय भ्रमणका लागि न्यूनतम यी १० कुरा आधारभूत रुपमा हुनैपर्छ–

१. आगन्तुक पाहुनालाई सम्भव भएसम्म समकक्षीले नै स्वागत गर्नुपर्नेछ ।
२. आगन्तुकको सम्मानमा २१ तोपको सलामी दिइन्छ ।
३. सम्बन्धित देशको सेनाले दुवै देशको राष्ट्रिय धुन बजाउँछ । राष्ट्रिय धुन बजाउँदा पाहुनाको राष्ट्रिय धुनलाई पहिलो प्राथमिकता दिइन्छ ।
४. गार्ड अफ अर्नरका रुपमा उच्च सैन्य सम्मान दिइन्छ ।
५. पाहुनाको औपचारिक परिचय सम्बन्धित देशका वरिष्ठ अधिकारीहरुसँग गराइन्छ ।
६. दुई राष्ट्रप्रमुखबीच उपहार आदान–प्रदान हुन्छ ।
७.पाहुनाका लागि देशकै तर्फबाट रात्रिकालीन खाना कार्यक्रम आयोजना गरिन्छ ।
८.पाहुनाले भ्रमण गरेको राष्ट्रको विशेष स्थान, सैन्य उपलब्धी जनाउने स्थान वा राज्यको विशिष्ठ व्यक्तिको समाधिस्थल भ्रमण गर्छन् ।
९. पाहुना प्रमुखका साथ सामान्यता विदेशमन्त्री पनि रहने प्रचलन छ ।
१०.भ्रमणको अन्त्यमा पाहुना राष्ट्रका प्रमुखले आफ्ना समकक्षीलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिने प्रचलन छ ।
सामान्यत: राजकीय भ्रमणको सबै खर्च भ्रमण गरेको देशले नै व्यहोर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ