arrow

प्राधिकरणको कार्यस्थलमा जीवन गुमाएका वाग्ले परिवारलाई खोइ क्षतिपूर्ति ?

logo
विष्णु खनाल,
प्रकाशित २०७४ चैत १२ सोमबार
raju-wagle.jpg

काठमाडौं। गत शुक्रवार २०७४ चैत्र  ०९ गते कामको शिलशिलामा तनहुँ कार्यस्थलमा थर्पुशाखा कार्यरत राजु वाग्लेको करेन्ट लागेर मृत्यु भएको छ । जनताको कामको लागी कार्यस्थलमा ज्यान गुमाएका वाग्ले परिवारले  क्षतिपूर्ति पाउने बारेमा आवाज उठ्न थालेको छ ।

 नेपालको संविधान २०७२ को भाग ३ का मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३४ को २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ,भनिएको छ । १ मा स्पष्टिकरणमा श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागी शारिरीक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर संझनुपर्दछ भन्ने स्पष्ट लेखिएको छ । 

मुलुकमा दुई तिहाईको विश्वास प्राप्त श्रमिक र सर्वहारा वर्गको जगको सिद्धान्तवाट जन्म भएको वामगठबन्धनको सरकार वनेको छ । नेपाल विद्युत प्राधिकरणमा राजु वाग्ले जस्ता २६०० ज्यालादारी कामदारहरु कार्यरत छन् । वाग्लेका दुई नावालक छोरा र छोरी टुहुरा वनेका छन भने निजका बयोबृद्द मातापिता बेसहरा भएका छन् । 

अब प्राधिकरण र राज्यको दायित्व के हो प्रश्न चिन्ह खडा भएको छ।  के वाग्ले परिवारले उचित क्षतिपूर्ति पाउला भन्ने प्रश्न पनि सँगै खडा भएको छ । यता प्राधिकरणका कर्मचारीले कार्यस्थलमा नै नगई अतिरिक्त भत्ता खाएको समेत विभिन्न श्रोत र मिडिया सामाजिक संजालवाट बाहिर आइरहेको छ । 

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको स्वामित्वमा संचालित हो वा व्यक्ति विशेषको कमाउखाउ भाँडो हो भन्ने गुनासो पनि आएको छ। विदेश घुम्ने भत्ता खाने सहायक कम्पनी खोलेर आफ्नो अनुकुलता कमाउ खाउ बन्ने जस्ता कुरा छर्लङ्ग भएका छन् । त्यतिमात्रै नभई डलरमा हुन रास्ट्रघाती पि।पि ए सझौताको बारेमा पनि विरोध भएको छ ।

श्रम ऐन २०४८ को दफा ३५ (१) ले प्रतिष्ठानमा भएको कुनै दुर्घटना वा अन्य कुनै कारणबाट कुनै कामदार वा कर्मचारीको मृत्यु भएमा वा अठ्चालीस घण्टाभन्दा बढी काम गर्न नसक्ने गरी चोट पटक लागेमा तीन दिन भित्र र निजलाई कुनै व्यवसायजन्य रोग लागेको थाहा पाएको सात दिन भित्र प्रतिष्ठानले श्रम कार्यालयलाई सूचना दिनु पर्नेछ, उपदफा (१)० बमोजिमको सूचनामा उल्लेख भएको रोग वा दुर्घटनाको जाँचबुझ गर्ने अधिकारी, निजको काम, कर्तव्य, अधिकार र तत्सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ । 

दफा ३८ ले कुनै प्रतिष्ठानको कामदार वा कर्मचारीलाई आफ्नो कामको सिलसिलामा शरीरमा घाउ चोट पटक लागेमा वा अंग भंग भएमा वा मृत्यु भएमा त्यसको क्षतिपूर्ति निज वा निजको परिवारले तोकिए बमोजिम पाउनेछ ।

दफा ४६ को (ग) मा व्यवस्थापकले निर्माणस्थलमा काम गर्ने कामदारहरूको दुर्घटना बीमा तोकिए बमोजिम गराउनु पर्नेछ भन्ने  व्यवस्था गरेको छ । 

के अव दुर्घटनाको बारेमा जाँचबुझ गर्ने अधिकारीले पिडित परिवारलाई न्याय देला । उज्यालो अभियानका क्रममा मृत्यु भएका राजु वाग्लेको न्यायोचित क्षतीपूर्ति पाउनुपर्ने अडान पिडित पक्षले राख्दै आएको र यदि न्याय  नपाएमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने  नेपाल विद्युत प्राधिकरणका आधिकरीक ट्रेड यूनियन केन्द्रिय सदस्यले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ