arrow

सहकारी मार्फत गाई पालन, किसान बने आम्दानीबाट मालामाल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
sahakari.JPG

स्याङ्जा ।  स्याङ्जाको एक सहकारी मार्फत जिल्लामै पहिलो पटक कृषकहरुले गाई पालन गरेका छन् । भीरकोट नगरपालिका १ वयरघारीमा संचालनमा रहेको शुभलक्ष्मी वचत तथा ऋण सहकारी मार्फत स्थानीय कृषकहरुले गाई पालन गरेका हुन् ।

सहकारीले विना धितो ५ लाख मुल्यसम्मका गाई उपलब्ध गराएपछि कृषकहरु गाई पालनमा लागेका हुन् । भीरकोट नगरपालिकाका १, २, ५ र ६ नम्बर वडाका २२ कृषकले करिब १ सय १० दुहुनो गाई पालन गरेका छन् । कृषकले जर्सी र होलस्टेन जातका गाई पालन गर्दै आएका छन् ।

टोल टोलमा संकलन केन्द्र बनाएर दैनिक करिब ६ सय ४० लिटर दुध सहकारी मार्फत पोखरामा लगेर बिक्री गरिदै आएको छ । गाईलाई आवश्यक पर्ने दाना, चोकर, कनिका र औषधी बजारकै शुल्कमा सहकारीले घर घरमा पु¥याई दिने गरेको छ । सरकारको ७५ र सहकारीको २५ प्रतिशत लगानीमा इन्सुरेन्स गरेपछि कृषकहरु गाई पालनमा आक्रर्षित समेत भएका छन् ।

“हाम्रै लगानीमा कृषकले उत्पादन गरेको दुध हामीले नै बजार व्यवस्थापन गरेका छौं ।” सहकारी अध्यक्ष भक्तबहादुर के.सी.ले भने, “सुरक्षित बजार बनाएर गाई पालनमा कृषकलाई लगानी हौं ।” सहकारीकै पहलमा कृषकस“ग ४७ रुपैया“मा खरिद गरि १÷२ रुपैया“ बढि मुल्य लिएर दुध पोखरा लगिने गरेको उनले सुनाए ।

गाई पालनमा करिब ३० लाख लगानी गरेको सहकारीले दुध व्यवस्थापन गर्न झण्डै ४० लाख खर्चमा पिकअप जीप खरिद गरेको छ ।  सहकारी प्रबन्धक लेख बहादुर के.सी.ले भने, “सहकारीलाई उत्पादनस“ग जोड्ने प्रयास स्वरुप लगानी गरेको छौं ।” उनले थपे, “कृषकको संख्या र उत्पादनमा बृद्धि गर्न सकेमात्रै सहकारीले मुनाफा लिन सक्ने थियो ।”

सहकारीको सुरक्षित लगानी भएपछि कृषकहरु गाई पालनमा सन्तुष्टि छन् । सुरक्षित लगानी लगानी र जोखिम नभएपछि आफूले ६ वटा गाई पालन गरेको कृषक कमला गोदारले बताईन् । गाई पालन त ठिकै थियो, बजार अनुसार दुधको मुल्य नपाएको उनले गुनासो सुनाईन् ।

“स्थानीय स्तरमा रुढीबादी सोचले गाईको दुध प्रयोगमा ल्याउन समस्या रहेछ ।” अध्यक्ष के.सी.ले भने, “भैसीको तुलनामा गाईको दुध कम प्रयोग हुने रहेछ ।” गाईको दुध खाए पिनास पर्छ भन्ने अन्धविश्वासले कृषकहरुले दुधको उचित मुल्य नपाएको उनले दुखेसो गरे ।

सहकारीले गाई पालनका अतिरिक्त स्थानीय उद्योगी, व्यवसायीस“ग आर्थिक कारोबार गर्दै आएको छ । कुल पु“जी १ करोड ८० लाख रहेको सहकारीले १३ करोड निक्षेप संकलन र ६ करोड कर्जा सापटी लिएर १९ करोड लगानी गरेको सहकारीले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ