arrow

एसियाली खेलकुद : अस्तव्यस्त तयारी

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
national-sports-council.jpg

काठमाडौं। इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा प्रतियोगिता सुरु हुन केवल चार महिना बाँकी रहँदा मानसिक र प्राविधिक रूपमा सबल स्थितिमा रहनुपर्ने नेपाली खेलाडी यतिबेला अभ्यास गर्ने उपयुक्त ठाउँकै खोजीमा भौंतारिनुपर्ने अवस्था  रहेको समाचार छ।

समाचारमा सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरका रूपमा मात्र सीमित हुँदै आएको लेखेको छ। नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन्।

०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेका खेलकुदका भौतिक संरचना तीन वर्षसम्म पनि उस्तै अवस्थामा रहँदा त्यसको प्रभाव एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगिताको तयारीमा परेको छ। भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको एक मात्र राष्ट्रिय रंगशाला पनि पुनर्निर्माण क्रममा रहेका कारण अहिले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी सबैभन्दा बढी मारमा परेका छन्।

भत्किएकै रंगशालामा भए पनि जेनतेन आफ्नो अभ्यासलाई निरन्तरता दिँदै आएका एथलेटिक्स, आईटीएफ तेक्वान्दो, आर्चरीलगायत विभिन्न खेलका खेलाडीलाई शुक्रबारदेखि अप्रत्याशित रूपमा रंगशाला प्रवेशमा रोक लगाइएपछि ती खेलका खेलाडी झनै बिचल्लीमा परेका छन्। ‘खेलाडी शुक्रबार बिहानै नियमित अभ्यासका लागि आउँदा रंगशालाभित्र प्रवेश गर्न दिइएन। एसियाली खेलकुदको तयारीमा व्यस्त खेलाडीलाई रंगशाला प्रवेशमा किन रोक लगाइएको हो हामीलाई थाहा भएन’, एथलेटिक्सका प्रमुख प्रशिक्षक अमिरी यादवले गुनासो गरे। (अन्नपूर्णपोस्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ