arrow

आपूर्ति व्यवस्थापनका विषयमा छलफल

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
matrika.JPG

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानीमैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गरेका छन् ।  

उद्योग मन्त्रालयमा सोमवार भएको छलफलमा औषधि, पेट्रोलियम पदार्थलगायत दैनिक जीवनका अत्यन्त महत्वपूर्ण सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल भएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

मन्त्री यादवको संयोजकत्वमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, रक्षा सचिव विष्णुप्रसाद लम्साल, मन्त्रालयका सचिवहरु चद्रकुमार घिमिरे र यमकुमारी खतिवडा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित उच्च अधिकारीको सहभागिता थियो ।

सो अवसरमा मन्त्री यादवले रुग्ण उद्योग सञ्चालन गर्ने, औषधिको उत्पादन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीमा बारम्बार हुने अवरोधका विषयलाई व्यवस्थित गर्न राज्यका सबै निकाय समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सरकारी उद्योग सञ्चालनका लागि लगानी जुटाउने, त्यसको सुरक्षा गर्ने र बजारीकरण गर्ने विषयमा प्रांप्त भएको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने स्वकीय सचिव बिष्टले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ