arrow

एमाले–माओवादी एकता सरेको कि टरेको ?

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
uml-maobadi-new.jpg

काठमाडौं । बैशाख ९ लागि तोकिएको एमाले र माओवादी केन्द्रवीचको एकताको मिति सतहमा देख्दा सरेको छ । तर मिल्न बाँकी र मिल्ने छाँटकाँट समेत नदेखिएका विषयले यी दुुई दलवीचको एकता टर्ने प्रष्ट संकेत देएिका छन् । 

बाहिर प्रचारमा ल्याइएका थिएः जनयुद्ध, केन्द्रीय कमिटिमा समान सहभागिता र चुनाव चिह्न लगायत सामान्य प्राविधिक विषयमा मात्रै कुरा मिल्न बाँकी छ । एमाले महासचिव ईश्वर पोखरेलको वाक्यांश चयन अनुसार, फाइनल टच दिन मात्रै बाँकी हो । 

तर एकता संयोजन समितिका नेताहरुले कार्यकर्ताको आँखामा छारो हाल्न र यी दुुई दलवीचको एकता नरुचाएका तप्कालाई सफ्ट थ्रिटेन दिइराख्न मात्रै बोल्ने गरेका रहेछन् भन्ने मंगलबारको बालुवाटर बैठकले प्रष्ट पारेको छ । 

मंगलबारको बालुवाटरे बैठकमा सरकारको नेतृत्व र पार्टी नेतृत्वको विषयले समेत प्रवेश पाएपछि, एमाले माओबादी केन्द्रको एकता अन्यौलतिर धकेलिएको छ । 

यसअघि भएको नेतृत्व आलोपालो प्रणालीको भद्र सहमति अनुसार, एकताअघि नै सरकारको नेतृत्व गर्नेले पार्टीको नेतृत्व छाड्नुपर्ने विषयमा माआवादी नेताहरुले मूर्त रुप दिनुपर्ने अडान राखेपछि, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली झस्किए । ओलीको बडी ल्यांग्वेजले, उनी अलिक अनिच्छुक देखिएको ती नेताले बताए । 

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अर्थतन्त्रदेखि सुरक्षासम्मको शक्ति आफैंमा केन्द्रित गर्दै माओवादी मन्त्रीहरुको भूमिका निस्तेज पारेको विषयमा समेत बालुवाटार बैठकमा प्रचण्डले कुरा उठाएपछि, ओलीले आफुमाथि शंका नगर्न आग्रह गरे । 

यस्तै आग्रह शान्तिप्रक्रियापछि प्रचण्डले काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालादेखि सुशिल कोइरालासँग पटक पटक गर्दै आउने गर्थे । 

चुतावताका दुुबै दलवीच ५ वर्षे कार्यकालमा आधा आधा समय सरकारको नेतृत्व गर्नेगरी बाम गठबन्धन बनाउने भद्र सहमित बनेको थियो । तर चुनावपछि, एमाले यो सहमतिबाट तर्किएको माओवादी नेताहरुको बुुझाइ छ । 

बिधान मस्यौदामा, ओली र प्रचण्ड दुवै महाधिवेशनसम्म अध्यक्ष रहने गरी जाने सहमति बनेको छ । तर समान हैसियतको ग्यारेन्टी बिनै महाधिवेशनमा जाँदा एमाले हावी हुने र आफुहरु बिलयमा पर्ने भय माओबादी नेताहरु प्रष्ट देखिन्छ । 

माओबादी अध्यक्ष प्रचण्डले सार्वजनिक गरिसकेका छन्— “वामपन्थी एकताका पनि नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ,  पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । मैले त्यहाँ अवरोध देखेँ, एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्नपर्छ जस्तो लाग्दैन मलाई । भत्काएर पनि अगाडि बढिहाल्छु” । 

प्रचण्डको यो अभिव्यक्तिले एमाले नेताहरु समेत झस्किएका छन् । सोमबार बसेको एमाले स्थायी कमिटि बैैठकमा केही नेताहरुले, समान हैसियतको कुरा उठाएर माआवादी केन्द्रले सहमति भाँड्ने संकेत गरेको तर्क गरेका थिए । 

मंगलबारको बैठकमा रस्साकस्सीपछि अन्तिममा सहमति जुटाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिइएको छ । तर दुुई अध्यक्षवीच कहिले वार्ता हुने भन्ने मितिको टुुंगो समेत बैठकले लगाउन सकेन । एमाले उपाध्यक्ष बामदेव गौतमले यत्ति मात्रै भन्न सके “सायद तीनचार दिनमा दुई अध्यक्ष बसेर सहमति हुन्छ त्यसपछि मिति तोकिन्छ’। 

यसअघि एकताको मोटामोटी मिति प्रधानमन्त्री ओलीको भारत भ्रमण अघि र त्यसपछिको भाखा बैशाख ९ का लागि तोकेका एमाले माओबादीले त्यसपछिको भाखा भने तोक्न सकेनन् । ठीकै पनि हो, आखिर जनताले पनि त पत्याउन छाडिसके न यी दुुई पार्टीको एकता हुन्छ भनेर । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ