arrow

पाइलटलाई उडानमा फोटोग्राफी निषेध

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
nepal-airlines--airport.jpeg

काठमाडौँ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन ।

यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ।

फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो। 

प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफटी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ।

त्यसैगरी नेपालभित्रका हिमाली तथा पहाडी विमानस्थलमा बादल लागेको अवस्थामा विमान उडाउने नियम छैन। उपकरणको सहायतामा हुने आईएफआर उडान नियम दुर्गम भेगमा हुँदैनन्।

 स्पष्ट देखिने अवस्थामा हेरेर मात्रै उडान (भीएफआर फ्लाइट) भर्नुपर्छ। कतिपय पाइलटले ती रुटमा निकैबेर बादलभित्र जहाज उडाउने गर्छन्। यो पनि कानुन विपरीत हो।

वायुयान तथा पाइलटको अनुमतिपत्र नियमन गर्ने यस निकायले ‘कुनै पनि प्रकारका नागरिक उडानमा फोटोग्राफी नगर्न’ सचेत गरेको हो। विभागका उपनिर्देशक दीपककुमार लामाद्वारा जारी गरिएको परिपत्र २१ वटै हवाई सेवा कम्पनीभित्र चालकदलको कार्यतालिका हेर्न अपरेसन (सञ्चालन विभाग) तोकेरै पठाइएको छ। ‘सम्बन्धित सबै उडानकर्मीलाई कुनै पनि उडान अवस्थामा फोटोग्राफीमा लिप्त नहुन गम्भीरतापूर्वक सचेत गराइएको छ,’ परिपत्रमा लेखिएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको हो। ‘नियमनकारी निकायको परिपत्र उल्लंघन गरिए चालक र अन्य उडानकर्मीलाई जरिवानासमेत ग्राउन्डेड निश्चित समयका लागि उडानमा रोकसम्म गर्नेछौं,’ नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालय प्रमुख पोखरेलले भने।

उडिरहेको जहाजमा शौचालय जाँदै गरेका फलाइट डेकका पाइलटले यात्रुसँग फोटोग्राफी गर्दा कमजोर मनोबल भएका यात्रुमा असर पर्छ। ‘यस्ता गतिविधिले उड्डयनसम्बन्धी जानकारी नभएका, पहिलोपटक उडान अनुभव बटुलिरहेका यात्रुको मनोबल कमजोर बन्न सक्छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘कतिपय यात्रु आत्तिन सक्छन् भने कतिपयले सहज महसुस नगर्न सक्छन्। 

यो उडान सुरक्षाका लागि राम्रो होइन।’ त्यसैगरी नेपालबाहिर हुने अन्तर्राष्ट्रिय रुटमा अर्को डयुटीका लागि यात्रुसँगै सिटमा बसेर उडान भरिरहेका पाइलट तथा क्याबिन क्रुले पनि फोटोग्राफी गर्दा कपितय यात्रु त्रसित हुने, आत्तिने गरेको गुनासो आउने गरेको विभागका एक अधिकारीले बताए।

‘हाम्रो वेबपेजमार्फत थुप्रैले स्वतस्फूर्त इमेल उजुरीरगुनासो गरिरहेका हुन्छन्। हामी सम्बन्धितलाई कारबाही पनि गरिरहेका हुन्छौं। तर, यस्ता कारबाहीमा संलग्नलाई सार्वजनिक गर्न मिल्दैन र गर्दैनौं पनि,’ उपमहानिर्देशक पोखरेलले भने। प्राधिकरणमा यस्ता गतिविधिबारे त्यही विमानमा रहेका कुनै पनि एक पाइलट, एयरहोस्टेस, इन्जिनियर, यात्रु, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) वा अन्य विमान कम्पनीले गोप्य जानकारी दिन्छन्। 

यस्ता घटनाको प्राधिकरणले आन्तरिक रूपमै छानबिन गरी कारबाही गर्छ। तर, कारबाही हुने र उजुरी गर्नेको नाम सार्वजनिक गर्दैन। यसबारे नियमावली नै रहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संगठन आइकाओ तथा युरोपियन युनियन ईयू लगायतलाई बेलाबेला के कसरी कारबाही गरियो भनेर प्राधिकरणले जानकारी पनि गराउनुपर्छ।

त्यसैगरी नेपालभित्रका हिमाली तथा पहाडी विमानस्थलमा बादल लागेको अवस्थामा विमान उडाउने नियम छैन। उपकरणको सहायतामा हुने (आईएफआर) उडान नियम दुर्गम भेगमा हुँदैनन्। स्पष्ट देखिने अवस्थामा हेरेर मात्रै उडान (भीएफआर फ्लाइट) भर्नुपर्छ। कतिपय पाइलटले ती रुटमा निकैबेर बादलभित्र जहाज उडाउने गर्छन्। 

यो पनि कानुन विपरीत हो। ‘उपकरणको सहयातामा हुने इन्स्ट्रयुमेन्ट फलाइट रुल्स ट्रंक सुगम रुटमा मात्रै छ। दुर्गमरहिमाली भेगमा यस्तो उडान भएको यात्रुले सम्बन्धित एयरलाइन्स वा नियमनकारी निकाय प्राधिकरणलाई उजुरी दिन सक्छन्,’ पोखरेलले भने, ‘पाइलटले जबरजस्ती गर्न छुट छैन। यस्ता घटनामा यात्रुलाई उजुरी गरे पाइलटको लाइसेन्स र एयरलाइन्सको एओसी (एयरलाइन्स अपरेसन सर्टिफिकेट) नै रद्द खारेज गर्न सकिने व्यवस्था छ।’

तर, निगमको एयरबस उडाउने एक पाइलटले जहाज उड्ने र अवतरण हुने समयबाहेक क्रुजमा पुगेको अवस्था ९१० हजार फिट माथि० न्यून संकटको अवस्था भएकाले त्यसबेला चालकदलका सदस्यले फोटोग्राफी गर्न सक्ने जिकिर गर्छन्। ‘फलाइटडेकमा बसेको पाइलट शौचालय जानुपर्छ। तर, यात्रुसँग अलमलिएर फोटोग्राफी गर्नु भने हुँदैन,’ उनले भने। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ