arrow

मेला, पर्व र महोत्सवमा देखिन थाल्यो गुन्यू-चोली

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
mahotsab_bajhang1.JPG

बझाङ। पछिल्लो समयमा लोप हुन लागेको सुदुरपश्चिमका पहाडी जिल्लाहरुको पहिरन गुन्यू र चोली मेला तथा महोत्सवहरुमा देखिन थालेका छन् । साँकृतिक संरक्षण गर्न महिलाहरुले लगाउने हरुको परम्परागत पहिरन गुन्यू र चोलीहरु अहिले मेला पर्ब तथा महोत्सवहरुले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुमा देखिन थालेका हुन् ।

पछिल्लो पुस्ताले गुन्यू र चोली लगाउन छोडेपछि लोप हुन लागेको  सुदुरको पहिरन लगायतको संरक्षणका लागी बिभिन्न प्रयास हुन थालेपछि अहिले संस्कृति संरक्षण गर्ने हरेक कार्यक्रमा गुन्यू चोली पहेलो (पोत्या ) पटुकी र गादोहरु देखिन थालेका हुन् । सदरमुकाम चैनपुरमा शनिबार देखि आयोजना गरेको दोस्रो बझाङ महोत्सवमा स्थानिय महिलाहरु गुन्यू ,चोली ,पहेलो पोत्या ,पटुकी तथा शिरमा राष्ट्रिय पुलहरु सजाएर देउडा खेलमा झलक्क देखिए पछि सुदुरको संस्कृती छनक महोत्सवमा मात्रै देखिएन त्यस कार्यक्रमा उपस्थित भएका अन्य महिला लाई पनि गुन्यू चोली सहत स्थानिय पहिरन नै लगाउनु पर्ने तिर आकर्षित  गरि दिए ।

 महोत्सब स्थलमा कानेखुसी गर्दै गुन्यू चोली सहित स्थानिय पहिरन एक जोर भएपनि किनेर लगाउन भन्दै साथीसंग कुरा गरि रहेकी चैनपुर कि कमला बिकले भनिन् 'स्थानिय हाम्रो पोसाक लाई अब हामीले लोप हुन दिनु हुदैन् , महोत्सव तथा कार्यक्रममा देखाउनका लागी मात्र नभएर सदाबाहार पोसाकका रुपमा लगाउनु पर्छ ।'

बझाङको कृषी, पर्यटन र कला संस्कृती , संरक्षणका लागी आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा बोल्ने अधिकाशं बक्ताहरुले संस्कृती जोगाउन सबै कटिबद्घ भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व बन मन्त्रि भानुभक्त जोशीले गुन्यू र चोली सहितको स्थानिय पहिरन हाम्रो सान भएको बताए । उनले भने 'पुरुषको दौरासुरुवाल र महिलाको गुन्यू चोली सहितको परम्परगत पहिरन नै हाम्रो मौलिकता हो यसलाई संरक्षण गर्न सबैले लाग्नुपर्छ ।'

गाँउतिर फाटफुट रुपमा अघिल्लो पुस्ताले मात्र लगाएको देखिने गुन्यू ,चोली,गादो तथा स्थानीय पहिरन सुनको फुल शिरबन्दी, घाँटीमा लगाउने चाउकी र शिरमा लगाउने फुर्को नै यहाँको मौलिक पहिरन हो । पछिल्लो पुस्तामा आएर बिदेशी संस्कृती र पहिरन भित्रीदै गए पछि स्थानिय पहिरन नै लगाउन छोडेका छन् । अहिले आएर महिलाहरु बिषेस गरि धोती ,कुर्ता सुरुवाल र पाईन्ट र भेष्ट तिर आर्कषण बढन थाले पछि स्थानियहरु संस्कृती जगेर्नाका लागी पहल गरि रहेका छन् ।

 केही स्थानिय तहले स्थानिय पहिरन संरक्षणका लागी सार्बजनिक कार्यक्रम तथा देउडा खेल्दा अनिबार्य स्थानिय पोसाक लगाउनु पर्ने बाध्यकारी नियम समेत बनाएको छ । जिल्लाको खप्तड छान्ना गाँउपालिका, छबिसपाथीभेरा गाँउपालिका र सुर्मा गाँउपालिकाले स्थानिय पोसाक संरक्षणका लागी बिभिन्न कार्यक्रम आयोजना गरि अनिबार्य गरेको दखिन्छ । महोत्सवमा मात्र होईन गएको महिना सम्पन्न भएको सुदुरपश्चिमको प्रमुख मेला बान्नी की चैतली मेलामा समेत स्थानिय पहिरनमा महिला हरु देखिएका थिए ।  यस क्षेत्रको कला तथा लोक संस्कृती जर्गेनाका लागी अभियान नै चलाउनु पर्ने कतिपयको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ