arrow

अप्रिल २२, विश्व पृथ्वी दिवस

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
River_Pollution.jpg

काठमाडौं। प्लाष्टिकजन्य  प्रदुषण नियन्त्रण गरौ  , आजैबाट थालनी गरौ भन्ने नाराका साथ आज बिश्वभर पृथ्वी दिवस मनाइदैछ ।  यसपाली प्लाष्टिकको प्रयोगलाई निरुत्साही गरी वाताबरणीय प्रदुषण नियन्त्रण गर्ने उद्धेश्यले दिवस मनाइदैछ । 

अस्वभाबिक रुपमा बढ्दै गएको प्लाष्टिक जन्य प्रदुषणले मानब तथा  बिश्वको वाताबरणमा निकै ठुलो  चुनौति थपिएको छ ।  

नेपालमा प्लाष्टिक लाई हटाउन कानुन ल्याएपनि पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । फोहोरको सबैभन्दा धेरै हिस्सा प्लाष्टिक नै हुने गरेको छ । 

पृथ्वीमा बढिरहेका अप्राकृतिक समस्याहरुसँग जुध्नका लागि प्रेरणा र जागरुक  गराउने उदेश्यले पृथ्वी दिवस विश्वभर मनाउने गरिन्छ । पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिंदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएकाछन् ।

 पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्दछन् ।

कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ ।
सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । 

सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो ।सन् २०२० मा ५० औ दिवस मनाउने तयारी भइरहेको छ । 

अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो । 

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुरयाएको थियो । राष्ट्रसंघको निर्णयपछि अहिले करीब २ सय  देशमा यो दिवस भव्यताका साथ मनाइन्छ ।

अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलाद्ध वसन्त र दक्षिणी गोलाद्ध शरदको मौसमयुक्त हुने गर्दछ । 
पृथ्वीमा प्रदुषणको मुख्य कारण कच्चा तेलको अत्यधिक प्रसोधन, उद्योग तथा कारखानाबाट निस्किने प्रदुषण, किटनाषक एवं विषादियुक्त फोहोर, पर्यावरणिय क्षति र वन्य जीवजन्तुहरुको लोप हुनुलाई मानिएको छ । 

त्यसैगरी आणविक हतियारको उत्पादनलाई पृथ्वीको सवैभन्दा ठुलो चूनौतिका रुपमा लिइएको छ । 

यसले पृथ्वीको सतह नै नष्ट गर्ने हुँदा यो सर्वत्र चिन्ताको बिषय बनेको छ । २०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौति हो । बर्षेनी शुन्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम बृद्धि भइरहको छ ।

सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ