arrow

सुनसरीका बाह्रवटा गाविस बर्डफ्लुको जोखिममा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
बर्डफ्लुको-जोखिम.jpg.jpeg
इनरुवा । सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ ।
 
सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
 
खुल्ला सीमा नाकाका कारण भारतीय बजारबाट बिनापरीक्षण भित्रिने कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको बताउँदै महतोले तत्काल भने जिल्लामा बर्डफ्लुको कुनै खतरा नरहेको स्पष्ट पारे । उनले कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको कारण सीमा नाकामा निगरानी बढाउन सीमा क्षेत्रका सुरक्षा निकायसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ