arrow

वर्ल्ड प्रेस फ्रिडम डेका अवसरमा पत्रकारहरूको समर्थनमा एम्नेस्टी

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
amnesty.jpg

काठमाडौ । मे ३ (वैशाख २०) का दिन विश्व प्रेस स्वतन्त्रता दिवस २०१८ को अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपालले पत्रकारहरूलाई मानवअधिकार रक्षकको रूपमा पहिचान गर्दै सार्वजनिक समर्थन कार्यक्रमको आयोजना गरेको छ । ९ बजे बिहान शान्ति बाटिका, रत्नपार्क, काठमाडौंमा सुरू गरिएको उक्त कार्यक्रममा चरण कुमार प्रसाईं, सुबोध राज प्याकुरेल लगायत विभिन्न मानवअधिकार अभियन्ताहरू र पत्रकारहरू सहभागी थिए ।

 एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन प्रसाद कुइँकेलले सबै सहभागीलाई सम्बोधन गर्दै मानवअधिकार रक्षाको लागि कठिन अवस्थाहरूमा पनि काम गरिरहने र सार्वजनिक सरोकार र मानवअधिकार रक्षाका लागि हरदम सङ्घर्षरत पत्रकारहरूको सुरक्षा र संरक्षणका लागि सरकारसँग माग गरे।

उनले पत्रकारहरूका लागि सुरक्षा र संरक्षण प्रत्याभूत गर्न विश्वव्यापी रूपमा माग भइरहेको भए पनि थुप्रै राष्ट्रहरू पत्रकारहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न असफल भएको र धेरै घटनाहरूमा राष्ट्रहरू स्वयं प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न जिम्मेवार भएको बताए ।

विभिन्न सञ्चार माध्यमका पत्रकार तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले  सहभागि कार्यक्रममा राज्यदमनको क्रममा टर्की सरकारले १८० भन्दा धेरै सञ्चार संस्थाहरू बन्द गरेको छ र १२० भन्दा धेरै पत्रकार तथा मिडियाकर्मीहरूलाई हिरासतमा राखेको काबुलमा दुई दिनअघि मात्रै भएको बर्बर आक्रमणमा १० पत्रकार सहित २५ जनाको ज्यान गएको बताइयो ।

भारतमा अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज उठाइरहेका गौरी लङ्केशजस्ता पत्रकारहरूलाई हत्या गरी मानवअधिकार रक्षकहरूका आवाजलाई मौन पार्ने प्रयास भइरहेको सुनाउदै नेपालको द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका बारेमा रिपोर्टिङ्ग गरेकै कारण थुप्रै पत्रकारहरूले ज्यान गुमाउनु परेको थियो भने द्वन्द्व सकिएको दशकौं पछि आजका दिन पनि पत्रकारहरूले आफ्नो पेशाको अभ्यास गर्ने क्रममा धम्की र हैरानी झेल्नु परिरहेको कार्यक्रममा उल्लेख गरियो ।

एम्नेस्टी इन्टरनेसनलले पत्रकारहरूलाई मानवअधिकार रक्षकका रूपमा सँधै समर्थन गर्दै आएको छ ।  इन्टरनेसनलले पत्रकारिता कुनै अपराध होइन, र पत्रकारहरूलाई आफ्नो पेशाको अभ्यास गर्दा कुनै हिंसाको निशाना बनाइनु हुँदैन भन्ने आवाज उठाउदै आएको छ । पत्रकारहरूको सुरक्षा तथा प्रेस स्वतन्त्रताको सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ