arrow

सरकार र यातायात व्यवसायीबीच सहमति, पत्रकार सम्मेलन गरी जनाउ

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
govt-yatayat.jpg

काठमाडौं । सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

यातायात मन्त्री रघुवीर महासेठको उपस्थितमा आइतबार राति सरकार  र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच यस्तो सहमति भएको हो। सहमतिको विस्तृत जानकारी आज (सोमबार) दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलन गरेर दिइनेछ।

सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेर सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्यको निर्णय गरेपछि व्यवसायीहरु गाडी नचलाएर आन्दोलनमा उत्रिएका थिए। 

गाडी नचलाएपछि सरकारले हड्ताल गरेर कानूनको उल्लंघन गरेको भन्दै व्यवसायीको धरपकड गरेको थियो।

धरपकडपछि आइतबारै व्यवसायीहरुले सरकारको नीति निर्णय तथा कानूनी व्यवस्थालाई स्वीकार गर्ने प्रतिबद्धता जनाए। व्यवसायीको यस्तो प्रतिबद्धतापछि सरकारले उनीहरुलाई रिहा गरेको छ। 

‘अब उप्रान्त हामी र हामी सम्बद्ध यातायात व्यवसायलाइ प्रचलित कानुनबमोजिम दर्ता गरी सरकारको नीतिअनुकूल सञ्चालन गर्नेछा्ैं,’ यातायात व्यवसायी महासंघले सरकासँग सहमति गरेको छ, ‘यातायात क्षेत्रमा सरकारले चालेको सिण्डिकेट हटाउने कदमको स्वागत गर्दछौं।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ