arrow

आईफोन प्रयोग नगर्ने अर्बपति, जो एप्पल कम्पनी किन्न चाहन्छन्

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
waren-buffet.jpg

एजेन्सी ।  विश्वको सबैभन्दा धनी मानिसमध्येका एक वारेन बफेटको जीवन निकै चाखलाग्दो छ । बफेट आफैं एउटा आईफोनसम्म पनि बोक्दैनन् तर उनी समग्र एप्पल कम्पनी खरिद गर्न चाहन्छन् । उनी पछिल्लो समय एप्पलमा अत्यधिक मात्रामा लगानी गरिरहेका छन्, यहाँसम्म कि उनी सो कम्पनीमा आफ्नो हिस्सेदारी एक सय प्रतिशत पुर्‍याउन चाहन्छन् ।

व्यक्तिगत हिसाबमा बफेट प्रविधिमा खासै लगाव राख्दैनन् । उनले गत वर्ष आफूले कुनै पनि स्मार्टफोनको प्रयोग नगर्ने गरेको बताएका थिए । अत्यधिक सम्पत्तिको मालिक रहेका बफेट अहिले पनि पुरानो नोकियाको फ्लिप फोनको प्रयोग गर्छन् । उनी भन्छन्, “म कुनै पनि सामान कम्तीमा २०–२५ वर्ष पुरानो नभएसम्म फ्याँक्दिन ।”

बफेटले गएको सोमबार सीएनबीसी समाचारलाई दिएको एक अन्तर्वार्तामा उनलाई एक साथीले आईफोन एक्स उपहारको रुपमा पठाएका थिए तर बफेटले यसको प्रयोग गरेनन् । उनले आफ्नो साथीले आफूलाई सो उपहार दिएपछि सबै कुराहरु विस्तारमा जानकारी पनि गराए तर बफेटलाई यसले कुनै प्रभाव पार्न सकेन । उनले उक्त साथीलाई भने, “यसले मलाई केही पनि गर्न सक्दैन । म आफ्नो हिम्मत बढाइरहेको छु र कुनै दिन धेरै अगाडि पुग्नेछु ।”

वारेन बफेट बर्कसायर हाथवेका प्रमुख हुन । उनको कम्पनीका उपाध्यक्षसँग पनि आईफोन छैन । उनले पनि आफूले आईफोन प्रयोग गर्ने नगरेको बताए । सन् २०१८ को सुरुवाती तीन महिनामा वारेन बाफेटको बर्कसायर हाथवेले एप्पलको सात करोड ५० लाख करोड अतिरिक्त सेयर खरिद गरेको छ । आईफोन निर्माता कम्पनीमा हाथवेको सुरुवाती हिस्सा त्यति धेरै थिएन तर अहिले बर्कसायर हाथवेसँग एप्पलको ४२ अर्ब ५० करोड अमेरिकी डलरबराबरको २४ करोड तीन लाख सेयर रहेको छ ।

बफेटले एक अन्तर्वार्तामा एप्पलको व्यवस्थापनको टोली तथा उनीहरुको आर्थिक गतिविधिहरुको कारण यो कम्पनीको शत प्रतिशत सेयर खरिद गर्न चाहेको बताएका थिए । बफेटको यस्तो योजना सार्वजनिक भएसँगै एप्पलको सेयर बजारमा व्यापक सुधार आएको छ । (एजेन्सीबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ