arrow

राहुल गान्धीको नयाँ योजना – १० वर्षमा काँग्रेसबाट १० महिला मुख्यमन्त्री 

‘भारतको अबको प्रधानमन्त्री मै हुँ’

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
rahul-gandhi.jpg

बेंग्लोर । भारतीय काँग्रेस पार्टीका अधयक्ष राहुल गान्धीले १० वर्षमा आफ्नो पार्टीबाट १० जना महिला मुख्यमन्त्री बन्ने बताएका छन् । २०१९ को लोकसभा पोलमा अगाडि देखिएसँगै काँग्रेस आईका अध्यक्षले यस्तो दावी गरेका हुन् । उनले यस किसिमको योजना धेरै पुरुष वरिष्ठ नेताहरुलाई मन नपर्ने भए पनि आफू यसलाई कार्यान्वयन गराउने दिशामा अघि बढिरहेको बताए । 


भारतमा महिलाको प्रतिनिधित्व निकै कम भएको भन्दै गुनासो आइरहने गरेकोमा राहुलले यस्तो योजना अघि सारेका हुन् । साथै उनले आफू सधैं पीछडिएको र अल्पसंख्यकको साथमा उभिने बताए । आगामी निर्वाचनमा भारतमा काँग्रस आईले बहुमत ल्याएर जित्ने र आगामी प्रधानमन्त्री आफू बन्ने योजना रहेको पनि गान्धीले सार्वजनिक गरेका छन् । 


आगामी निर्वाचनमा जित हासिल गर्नका लागि काँग्रेसले राहुललाई आफ्नो प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । उनले अहिले काँग्रसको नेतृत्वमा सरकारको कुरा गर्दा धेरैले विश्वास नगरे पनि वास्तवमा त्यस्तै हुने राहुलको भनाइ छ । भारतको लागि आगामी प्रधानमन्त्रीमा नरेन्द्र मोदी दोहोरिने सम्भावना नरहेको राहुलले बताए । अहिले भारतीय जनता पार्टी विभिन्न किसिमको समस्याले घेरिएको कारण त्यसबाट उठ्न नसक्ने उनको भनाइ थियो । 


राहुलले बीजेपीले भारतका सबै पार्टीहरुलाई आफ्नो मुठ्ठीमा लिएर भारतको प्रजातन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप लगाए । साथै उनले बीजेपी धेरै लुकेका योजनाहरुको साथमा अघि बढिरहेको पनि बताए । भारतको लागि प्रजातन्त्र बलियो पार्नका लागि केवल काँग्रसमात्र अघि बढिरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ