arrow

कोटेश्वर–कलंकीमा पाँच वटा आकाशे पुल

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
over-head-bridge.jpg

काठमाडौं । कलंकी–कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ ।

सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ