arrow

इन्डियन प्रिमियर लिग डेब्युमै सन्दीप लामिछानेको विकेट

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
sandeep1.jpg

काठमाडौं। विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन्। तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग आईपीएलमा ‘डेब्यु’ गरे।

पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए।

उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए । सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए । उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे ।

सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए । प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ