arrow

६ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
smart-licence.jpeg

काठमाडौं । यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ। विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानमा पनि नवीकरण गर्ने भएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नवीकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट शुरू गरेको बताए। 

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजत नवीकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत ९पटके० र सवारी साधन कर उठाउँदै आएको थियो। अब सवारी अनुमतिपत्र नवीकरणको काम पनि थपिएको छ।

विभागले इलाम, बर्दिवास, भरतपुर, सुर्खेत, डडेलधुरामा पनि तत्काल सवारी अनुमतिपत्र नवीकरण गर्ने तयारी गरिरहेको बताउँदै प्रवक्ता अर्यालले भने– ‘सेवाग्राहीलाई सहजरूपमा सेवा दिने उद्देश्यले अब ५ ठाउँमा पनि यो आर्थिक वर्षभित्रै नवीकरण गर्न थाल्छौं।’

यातायात व्यवस्था विभागअन्तर्गत देशभर १६ वटा यातायात कार्यालय सञ्चालनमा छन्। विभागले सबै कार्यालयबाट नवीकरण गर्ने बताइएको छ। (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ