arrow

मोदीले ओली भन्दा कोहली सुनिएका तिनै कोहलीले रचे कीर्तिमान

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
oli-modi-kohli.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमणका क्रममा सम्वोधन गर्दा कोहलीजी भने । बैशाख २८ गते शुक्रबार जनकपुरमा संवोधनका क्रममा मोदीले ओली भन्नुपर्नेमा कोहली भने । 

कोहली अर्थात् भारतीय राष्ट्रिय टिमका कप्तान अनि आइपिएल क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान –विराट कोहली । 

मोदीको त्यो सम्वोधनले त खासखुस मात्र चर्चा पायो । तर कोहलीको चर्चा चुलिएको छ । 

कोहलीले आइपिएलमा ५ पटक ५०० भन्दा बढी रन बनाएर कीर्तिमान रचेका छन् । उनले सोमबार राति किंगस इलेभेन पञ्जाबविरुद्ध १० विकेटको जित हासिल गर्ने क्रममा नटआउट ४८ रन बनाउँदै उक्त कीर्तिमान पूरा गरेका हुन् । 

पहिले ब्याटिङ गरेको पंजाबले १५.१ ओभरमा अलआउट भएर ८८ रन बनायो । जवाफमा बैंगलोरले ८.१ ओभरमा कुनै विकेटको नोक्सानी बिना जित निकाल्यो । आइपिएलमा पहिलो विकेट लिएर विकेटको खाता खोल्ने क्रममा सन्दीप लामिछाने (नेपाली राष्ट्रिय टोलीका खेलाडी, आइपिएलमा दिल्ली डेयर डेभिल्सबाट) ले विकेट लिएका पार्थिव पटेलले पंजाब विरुद्ध नटआउट ४० रन बनाए । 

डेभिड वार्नरले चार पटक यो आँकडा पार गरेका छन् । विराटले सन् २०११ मा ५५७, २०१३ मा ६३४, २०१५ मा ५०५, २०१६ मा ९७३ र २०१८ मा ५१४ रन बनाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ