arrow

मदन भण्डारी सम्झिने दिन पार्टी एकता तर बिर्सिइँदै मदन 

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
oli-prachanda-madan-bhandari.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा बिहिबार हुँदै गर्दा सोही दिन अर्थात् जेठ ३ गते मदन भण्डारीको स्मृति पनि हो । उनको ०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । 

तिनै मदन भण्डारीको बिहिबार मदननगर बल्खुमा एमाले र माओवादीले विशेष कार्यक्रम गरी सम्झना गरिएको छ । दुवै पार्टीका अध्यक्षले पार्टी एकता मात्रै एक सूत्र भएको बताए । 

कम्युनिष्टहरु फुट्नमात्र हैन जुट्न पनि जान्दछ भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामी वास्तवमै नयाँ मोडमा छौं, हाम्रो काँधमा गहन अभिभारा छन्, यी अभिभारालाई लिएर हामी अगाडि बढ्दै छौं त्यसैले त यो एकता गर्न लागेका हौं ।’

ओलीले ‘मदन–आश्रितले देखेको सुखी नेपालको सपना सम्झिरहेको छु’ भने । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी असाधारण प्रतिभा रहेको भन्दै पार्टी एकताले उनको सम्मान हुने बताए । 

कसरी बिर्सिइँदै छन् मदन भण्डारी ? 
मदन भण्डारीले देखेको नेपाल भनेको ‘जनताको बहुदलीय जनवाद’ हो । तर एमाले र माओवादीले पार्टी एकताको दिन मदन–आश्रित स्मृतिको दिन राखे पनि सिद्धान्तका हिसाबले उनीहरुभन्दा टाढा हुँदैछन् । 

मदन भण्डारीको जनताको बहुदलीय जनवादमा बहुदलीय काटेर अब केवल ‘जनताको जनवाद’ राख्ने बताएका छन् । यसले मदन भण्डारीप्रतिको अपमान झल्काउँछ । 

पार्टी एकता हुनुअघि बिहिबार बिहान मदननगर बल्खु (जहाँ पहिले एमालेको पार्टी कार्यालय थियो, अहिले धुम्बाराहीमा सरेको छ ) मा भेला भएर मदन भण्डारीलाई सम्झिए । 

मानिस चल्ने उसको नीतिले हो भने मदन भण्डारीको नीतिलाई दुवै दलले एक हुनुअघि तिलाञ्जली दिँदैछन् । कतै यो नै मदन भण्डारी सम्झिने अन्तिम क्षण त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ