arrow

विश्वकपमा फ्रान्सलाई डेम्बलेको चिन्ता 

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
dembele.jpg

काठमाडौं । रुस विश्वकपमा फ्रान्सलाई औस्माने डिम्बलेको चिन्ता थपिएको छ । बार्सिलानाका स्ट्राइकरको विषयमा सार्वजनिक भएको विवरणले फ्रान्सको चिन्ता बढाएको हो । 

बार्सिलोनाले अहिले डिम्बलेको दायाँ गोलिगाँठोमा चोट रहेको विवरण सार्वजनिक गरेसँगै उनको प्रदर्शन यो विश्वकपमा कस्तो रहने हो भन्ने विषयमा आशंका देखिएको हो । 

आइतबार बार्सिलोनाको रियल सोसाइडेडसँगको खेलको क्रममा उनी केही समयमा नै मैदानबाट बाहिरिन पुगेका थिए । पहिलो हाफको अन्तिम समयमा मैदानबाट बाहिरिएका डिम्बलेको दायाँ गोलीगाँठोमा चोट देखिएको परीक्षणपछि खुलेको हो । 

आइतबार बार्सिलोनाले सार्वजनिक गरेको विवरणमा डिम्बलेको विषयमा केही आशंकाहरु देखिएका हुन् । २१ वर्षीय खेलाडीले यो सिजनमा विभिन्न किसिमको चोटको कारण अवरोधहरुको सामना गर्दै आएका छन् । यद्यपि यसपटकको विश्वकपको लागि भने उनी प्ररम्भिक टोलीमा अटाइसकेका छन् । 

डिम्बलेलाई बार्सिलोनाको मेडिकल स्टाफले अबको केही दिनसम्म निगरानी गर्ने बताइएको छ । फ्रान्सले यस विश्वकपको पहिलो खेल जुन १६ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ ।

Demeble was forced off with the injury during Barcelona's final day win over Real Sociedad

The 21-year-old forward will be monitored by the club's medical staff over the next few days

France boss Didier Deschamps would have been worried but he should be fit for the World Cup

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ