- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजिप्टका सबैभन्दा भरपर्दा खेलाडी मोहम्मद सलाह घाइते भएका छन् । इङलिस क्लव लिभरपुलका स्टार फरवार्ड सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक योर्गेन क्लपले बताएका छन् ।
शनिबार राति स्पेनिस क्लव रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलका क्रममा उनको काँधमा चोट लागेको थियो । उक्त खेलमा सलाह ३० मिनेटमै परिवर्तन हुनुपरेको थियो ।
खेलको पहिले हाफमा सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह लडेका थिए । उनको हात सर्जियो रामोसको हातमा बाँधिएपछि ल्यान्ड गर्दा चोट लागेको थियो । खेलपछि मिडियासँग बोल्दै प्रशिक्षक क्लोपले सलाहको काँधको परिक्षण भइरहेको बताए ।
सलाहको चोट गम्भीर रहेकाले उनको विश्वकप भविष्य पनि संकटमा देखिएको छ ।
इजिप्टलाई विश्वकप पुर्याउन प्रमुख भुमिका खेलेका सलाह विश्वकपकै हेर्नलायक खेलाडीका रुपमा दरिएका थिए ।
इजिप्ट फुटबल संघले भने यसबारे छिट्टै आफ्नो डाक्टरहरुलाई खटाउने बताएको छ । इजिप्टले ट्वीट गर्दै सलाह छिट्टै निको हुनेमा विश्वस्त रहेको बताएको छ ।