arrow

राष्ट्रपति पदको मतदान केही बेरपछि सुरु हुँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1120237397.jpeg
काठमाडौँ। संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि मतदान अहिले केही बेरमा हुँदैछ ।
 
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट सुरु हुने उक्त निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पुराना नेता कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।
 
सो मतदान ११ बजेबाट सुरु भई दिउँसो २ बजेसम्म चल्ने छ । मतदान सकिएपछि दिउँसो २:३० बजेबाट मतगणना प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ