arrow

बिश्व महिनावारी स्वच्छता दिवसः सरकारको अगुवाईमा पहिलो पटक मनाइदै

मध्य , सुदुर पश्चिम र हिमाली क्षेत्रका करीब ७१ प्र्रतिशत महिलाहरु महिनावारी हुदा घरबाहिर बस्न बाध्य

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
hygiene.JPG

काठमाडौं । मे २८ का दिन  , बिश्व महिनावारी स्वच्छता दिवस मनाइदैछ ।  अब अति भो , महिनावारीका सबै सिमा तोडौ भन्ने नाराका साथ बिश्व महिनावारी स्वच्छता दिवस मनाइदैछ ।  नेपालमा सरकारको अगुवाईमा पहिलो पटक विश्व महिनावारी स्वच्छता दिवस मनाइदैछ । यसअघि सन २०१४ देखि नेपालमा बिभिन्न गैर सरकारी निकायको  अगुवाईमा यो दिवस मनाइदै आएको छ ।
 
आज खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजना तथा  शिक्षा , महिला बालबालिका र  स्वास्थ्य मन्त्रालयको सहआयोजनामा यसपालि  पहिलो पटक ४ मन्त्रालयले् संयुक्त रुपमा यो दिवस मनाउन लागिएको हो । आजको बिशेष कार्यक्रमको उद्घाटन दिउसो सभामुख कृष्ण बहादुर महराले गर्नुहुनेछ । कार्यक्रममा खानेपानी , स्वास्थ्य , शिक्षा र महिला बालबालिकामन्त्रीले सम्बोधन गर्नेछन । कार्यक्रममा ६० भन्दा बढी सांसद , ४० भन्दा बढी संघसस्था , नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु लगायत ५ सय भन्दा बढी सहभागि हुदैछन । उनीहरुले सामुहिक प्रतिबद्धता पनि जनाउदैछन। राष्टिय सभागृहमा हुने यस कार्यक्रममा महिनावारी संग सम्बन्धित १० वटा स्टलहरु पनि छन ।

विश्वव्यापी सञ्जाल वास युनाइटेडले प्रत्येक वर्ष मे २८ तारिखलाई विश्व महिनावारी सरसफाइ दिवस मनाउने निर्णय गरेअनुसार सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाको अगुवाईमा यो दिवस मनाउन थालिएको हो । महिला तथा किशोरीहरुमा हुने महिनावारी लाई उनीहरुको सुरक्षा र प्रतिष्ठासंग जोडिएको छ ।
 
महिनावारी मे २८ मै किन त ?
महिनावारी हुदा  सामान्यतया रक्तश्राव ५ दिन हुने भएकाले पाचौ महिना मे मा मनाइएको हो । यसैगरी हरेक महिला प्रत्येक २८ दिनपछि महिनावारी हुने चक्र दोहोरीने गर्छ । यसरी प्रत्येक २८ दिनमा ५ दिनसम्म महिनावारी हुने भएकाले अन्तराष्ट्रिय रुपमै मे २८ तारिखका दिन महिनावारी स्वच्छता दिवस मनाइएको अन्तराष्ट्रिय खानेपानी तथा सरसफाई समन्वय परिषद नेपालका प्रतिनिधी गुणराज श्रेष्ठले जानकारी दिनुभएको छ ।

नेपालमा महिनावारीका समयमा बिशेषगरी मध्य तथा सुदुर पश्चिमका महिलाहरुमा ठुलो बिभेद हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन । युनीसेफ र वाटर एड नेपालले गरेको अध्ययन अनुसार त्यहाका महिलाहरुलाई बिशेषगरी ४ बिषयमा बिभेद गरिएको पाइएको छ । उनीहरुलाई  पोषिलो खाना खान , घरमा नभई गोठ वा छाउमा बस्नुपर्ने ,  सामाजिक काम र शिक्षाबाट समेत बञ्चित गराइएको पाइएको छ ।

मध्य पश्चिम र हिमाली क्षेत्रका करीब ७१ प्र्रतिशत महिलाहरु महिनावारी हुदा घरमा बस्न नपाएको अध्ययनले देखाएको छ   । साथै त्यहाका धाराहरु महिलाहरुले महिनावारीका समयमा प्रयोग गर्नबाट  बञ्चित भएका छन ।
यसैगरी, ७८ प्रतिशत बिद्यालयमा खानेपानी र ८२ प्रतिशतमा शौचालयका व्यवस्था भएपनि  उनीहरुको यसमा पहुच भने एकदमै न्युन रहेको बिभिन्न अध्ययनले देखाएका छन् । शिक्षा मन्त्रालयले गरेको एक अध्ययन अनुसार २२ प्रतिशत छात्राहरु महिनावारीका समयमा बिद्यालयमा अनुपस्थित रहेको देखाएको छ ।

दक्षिण एशियामै गरेको एक अध्ययन अनुसार नेपालका करीब ४५ प्रतिशत  किशोरीहरुले मात्र  महिनावारी हुनु अघि नै यसबारे थाहा पाउने गरेका छन। दक्षिण एशियामा सबैभन्दा बढी  श्रीलंकाका ६६ प्रतिशत किशोरीहरुले महिनावारी हुनु अघि नै  यसबारे थाहा पाउने गरेका छन भने सबैभन्दा कम ३६ प्रतिशत बंगलादेशका किशोरहिरुले महिनावारी हुनु अघि नै  यसबारे थाहा पाउने गरेको अध्ययनले देखाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ