- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्राजिलका प्रमुख स्ट्राइकर नेयमारले लामो समयको चोटपछि आइतबारको रुस विश्वकप फुटबल अगाडिको वार्म अप खेलमा सहभागिता जनाउने भएका छन् । क्रोएसियाविरुद्धको वार्म–अप खेलका लागि ब्राजिलले नेयमारलाई पनि मैदानमा उतार्ने निर्णय गरेको हो ।
ब्राजिलका मुख्य प्रशिक्षकले आइतबारको खेलमा दोस्रो हाफमा उनलाई मैदानमा उतारिने जानकारी दिएका हुन् । विश्वका सबैभन्दा महँगा खेलाडी नेयमारले चोटको कारण फेब्रुअरी २५ यता कुनै पनि खेलमा सहभागिता जनाएका छैनन् । उनको खुट्टामा चोट लागेको कारण उनी मैदानभन्दा बाहिर रहन पुगेका हुन् ।
आइतबार हुने खेलको लागि शनिबार दिइएको जानकारीमा नेयमारले आफू सब्स्टिच्युट खेलाडीको रुपमा मैदानमा आउने बताएका हुन् । टाइटले दिएको जानकारीअनुसार लामो समयको चोटपछि मैदानमा फर्किन लागेका नेयमारलाई आगामी विश्वकपका लागि तयार राख्नका लागि मात्र खेलाइने भएकोले दोस्रो हाफमा मात्र मैदानमा उतारिने बताएका हुन् ।
अहिले पनि नेयमार चोटबाट मुक्त हुनेक्रममा रहेका छन् । अहिलेको अवस्थामा सबै खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरिरहेको र आफूहरु पनि उनीहरुलाई राम्रो गर्नका लागि प्रेरित गरिरहेको टाइटले बताए । आइतबारको खेलमा कसको स्थानमा नेयमारले दोस्रो हाफमा मैदान प्रवेश गर्छन् भन्ने विवरण भने खुलाइएको छैन ।
आइतबारको खेलमा ब्राजिलको लागि ग्राबियल जेससले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । टाइटले विश्वकपका खेलहरुमा पनि कप्तानीको भूमिका फरक फरक व्यक्तिले पाउने बताए ।