arrow

विश्वकपका लागि यस्तो छ स्पेनको तयारी, गिया मूख्य हतियार  

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
Gea.JPG

काठमाडौं । यो पल्ट विश्वकप जित्दै स्पेन दोस्रोपटक उपाधि हासिल गर्ने दाउमा छ । उपाधि जित्ने रणनीतिको मूख्य हतियार हुन् डेभिड गिया हुन् । भरोशा पनि उनै हुन् । 

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा पहिलो खेलमै ५–१ को लज्जास्पद हारको व्यहोर्दै समूहचरणबाट बाहिरिएको टोली दोस्रोपटक उपाधि हासिल गर्ने लक्ष्यका साथ रुस विश्वकपको तयारीमा लागेको छ । 

स्पेनले यो प्रतियोगितामा छनोट हुँदा पनि निकै राम्रो प्रदर्शन गरेको थियो । जसको कारण पनि स्पेनको यसपटकको विश्वकप यात्रा सुखद रहन सक्ने अनुमान गरिएको छ । 

यद्यपि, रुस विश्वकपभन्दा अघि हुने दुई खेलबाट विश्वकपमा स्पेनको प्रदर्शन कस्तो रहने भन्ने कुराको केही संकेत देखिनेछ । आइतबार स्पेन स्वीट्जरल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
 
यो खेलका लागि अहिले स्पेनको तयारी निकै राम्रो रहेको डिभिड गिया बताउँछन् । उनले अहिलेको टोलीको अवस्थाले आफूमा निकै ठुलो आशा जगाएको बताएका छन् । 

उनले यो विश्वकपको लागि आफू धेरै उत्साहित रहेको बताएका हुन् । स्पेनलाई जोर्डी अल्बा र सर्जियो बस्क्वेटजस्ता खेलाडीहरुको साथ पनि महत्वपूर्ण हुन सक्छ । साथै मध्यपंक्तिमा आन्द्रेस इनिएस्टाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । साथै स्पेनको लागि ड्युओ इस्को र डिएगो कोस्टा स्पेनको लागि विपक्षी तर्साउने हतियार हुन् । 

स्पेनले आफ्नो पहिलो खेल जुन १५ मा युरोपियन च्याम्पियन्स पोर्चुगलसँग खेल्दैछ । पोर्चुगलले शनिबार भएको खेलमा बेल्जियमसँगको खेलमा बराबरीको नतिजा निकालेको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ