arrow

जनतालाई राहतको सट्टा आहात !

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
rajarani.jpg

 धनकुटा । दिन प्रतिदिन दैनिक उपभोग्य वस्तु लगायत अत्यावश्यक सामाग्रीहरुमा मुल्य बृद्धी गरी वर्तमान सरकारले जनतालाई राहतको सट्टा आहत दिएकोले यसको सश्त्र विरोध गर्दै जनतालाई राहत दिने कार्यमा लाग्नु पर्ने  नेपाली कांग्रेस धनकुटा चौविसेका नेता तथा कार्यकर्ताहरुले वताएका छन ।

उनीहरुले शुक्रवार कांग्रेसजन रुपान्तरण भई कांग्रेसको निति तथा कार्यक्रममा युग सुहाउदो बदल्नु पर्ने पुरानै शैलीबाट अगाडी बढे ईतिहासमा मात्र सिमित हुनु सक्ने समेत आज धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा आयोजित भेला तथा अन्र्तक्रिया कार्यक्रमा वताएका हुन ।  
 
नेपाली कांग्रेसले संगठनलाई रुपान्तरण गर्ने उदेश्यले संगठन सुदृढीकरण अभियान अन्र्तगत सुझाव संकलन  तथा  अन्र्तक्रियाका साथ जागरण अभियान  कार्यक्रममा  नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, महासमिति सदस्य दुर्गा सुवेदी,जिल्ला सदस्य देवेन्द्र श्रेष्ठ ,वडा नं.३ का निर्वाचित वडाध्यक्ष जिवन तामाङ्ग नेपाल शिक्षक संघ चौविसे गाउपालिकाका उपाध्यक्ष चिरञ्जिवि अधिकारी,महिला संघ क्षेत्र नं. १ का कोषाध्यक्ष संगिता वाराल,लगायतले पार्टीलाई अव नया शैलीबाट अगाडी बढाउदै देश व्यापी रुपमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने वताए ।उनिहरुले अहिले मुलुकमा अधिनायकबाट ल्याउने प्रयास भैरहेको र वर्तमान सरकारले  दिन प्रतिदिन मुख्यबृद्धी गरी जनताको ढाड सक्ने काम गरेको वताए ।

नेपाली कांग्रेस  चौविसे गाउपलिका समन्वय तथा निर्देशक   समितिका संयोजक  हर्क चेम्जोङ्गको अध्यक्षतामा सम्पनन्न भएको कार्यक्रममा क्षेत्रिय सदस्य गजेन्द्र खतिवडा,नेपाली कांग्रेस ६ नम्वर बुधवारेका सभापति आनन्द श्रेष्ठ,वन्तटारका पूर्व सभापति बखत वहादुर भट्टराई, पूर्व क्षेत्रिय सदस्य अभिमान विक,मणि चेम्जोग,नगेन्द्र राई,हर्कसिंह राई,गहेन्द्र लिम्बु,टेक वहादुर याक्खा लगायतले कांग्रेसको निति तथा कार्यक्रम र विधानमा समेत व्यापक परिवर्तन गरी रुपान्तरण ल्याउनु पर्ने अन्यथा ईतिहासमा मात्र सिमित हुनसक्ने विचार व्यक्त गर्दै सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ