arrow

फुकोट कर्णाली परियोजनामा एक अर्ब २६ करोड लगानी

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
hydropower.jpeg

काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब  एक अर्ब २६ करोड लगानी गरेको छ ।  कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै परियोजनाका लागि इजाजत लिने समयमा काम नगर्ने व्यवसायीलाई कारबाही गरिने बताए ।

नायब महाप्रबन्धक अण रजौरियाले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा जम्मा ६ अर्ब ७८ करोड ऋणका पमा लगानी गरेको जानकारी गराउँदै यस क्षेत्रमा परियोजना कार्यान्वयनका विभिन्न जोखिमबारे बताए ।

कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा  ३४ करोड बराबरको शेयर लगानी गरेको छ ।

विसं २०६८ असारमा स्थापना भएको कम्पनीले हालसम्म  एक अर्ब ४० लाख आयकर बुझाएको छ । अहिलेसम्म शेयर धनीलाई करीब  ९० करोड लाभांशका पमा वितरण गरिएको छ ।

मेगा बैंकका पूर्व कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकको ब्याजदरमा हुने घटबढले दीर्घकालीन जलविद्युत् परियोजनामा लगानी गर्न चुनौती रहेको विचार व्यक्त गरे ।

नेपाल हाइड्रोपावर एशोसिएसनका अध्यक्ष विष्णुबहादुर सिंह तथा विज्ञ मोहनराज जोशी, पंकजकुमार ठाकुर, सुदिम्ना उपाध्यायलगायतले विस्तृत परियोजना प्रतिवेदन शु गर्दादेखि समग्र परियोजनाको संरचना तयार हँुदासम्मका समस्या तथा त्यस क्षेत्रमा देखिने जोखिम र सम्भावनाबारे जानकारी दिए ।
–––

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ