- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् । करियरमा पहिलो (मेडन) ग्राण्डस्लाम टेनिसको उपाधि जितेकी हालेपले पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनलमा अमेरिकन खेलाडी स्लोआनी स्टेफेन्सलाई हराइन् ।
चौथो पटक फाइनल खेलेर हालेपले पहिलो उपाधि जितेकी हुन् । यसअघि हालेपले तीन पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुगेर पनि उपाधि जित्न सकेकी थिइनन् ।
हालेपले खेल ३–६, ६–४ र ६–१ ले जितिन् ।
पुरुषतर्फको फाइनलमा स्पेनिस खेलाडी रफाइल नाडाल र अष्ट्रियन डोमिनिक थियाम भिड्ने छन् । नाडालले अहिलेसम्म १० पटक फ्रेन्च ओपन जितिसकेका छन् ।