arrow

कांग्रेसले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २७ आइतबार
Syangja_district_map.png

स्याङ्जा ।  नेपाली कांग्रेसले पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा एक बर्षको अवधिमा नगरबासीले साझा नगरप्रमुखको अनुभूत गर्न नपाएको, नगरपालिका एक पक्षिय र पूर्वाग्रहीरुपमा अघि बढेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

 नगरले खरिद गर्ने सवारी साधन, मेशेनरी साधन र अन्य सार्वजनिक सरोकारका कार्यमा खरिद ऐनको वेवास्ता गरिएको, आफ्ना बिचार समूहका आधारमा कर्मचारी नियुक्ती गर्ने गरेको लगायतका वुदाहरु उल्लेख गर्दै कानूनलाई कर्मकाण्डीय हिसावले तोडमोडगरी ब्यक्तिगत र पार्टीगत महत्वकांक्षामा अघि बढेकोमा खेद प्रकट गरिएको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नगरप्रमुखलाई साझा उम्मेदवार बन्न, एक बर्षको काम कारवाहीका बारेमा जानकारी गराउन, कानूनी राज्य, मानवअधिकार र लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिवद्ध रहन आग्रह गरिएको छ । ज्ञापनपत्र बुझेपछि नगरप्रमुख सीमा क्षेत्रीले केही कमीकमजोरी भए पनि त्यसलाई सुधार गर्दे समृद्ध नगर निर्माणमा सबै राजनीतिक दलबीच समन्वय र सहकार्यगरी अघि बढ्ने बताईन् ।

सो अवसरमा उपप्रमुख महेश पुरी र नेपाली कांग्रेस जिल्ला सचिव कुमार राना, वडा नं. ४ का अध्यक्षका प्रत्यासी मित्रबन्धु पोखरेल लगायतले राम्रो र हाम्रो पुतलीबजार बनाउने बिषयमा सल्लाह सुझाव दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ