arrow

विश्वकपका लागि रोनाल्डोसहितको पोर्चुगल टोली पुग्यो रुस

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
ronaldo19.jpg

मस्को । विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।  पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ ।

युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ ।  रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई क्राटोभोमा बस्ने व्यवस्था गरिएको छ । क्राटोभो मस्कोदेखि ४० किलोमिटर टाढा पर्दछ ।

रियल म्याड्रिडका खेलाडीलाई प्रहरीले विमानस्थलमा अवतरण गरेदेखि नै कडा सुरक्षाको व्यवस्था गरेको छ । फिफाको बरियता क्रमअनुसार पोर्चुगल चौथो नम्बरमा पर्दछ ।

स्पेन, पानामालगायतका देशका खेलाडी भने यसअघि नै रुस आइपुगेका छन् । अन्य कतिपय देशका खेलाडी आउने क्रम जारी छ । अहिले विश्वको ध्यान विश्वकम आयोजक राष्ट्र रुसतर्फ खिचिएको छ ।

फुटबलको महासंग्राम मानिने विश्वकप प्रतियोगिता रुसले पहिलो पटक आयोजना गरेको हो । २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको हो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ