arrow

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
bank.jpg

काठमाडौं। नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्।

संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो। संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरिदिएपछि बैंकहरुबीच निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो।

संघको यस्तो निर्णयसँगै दुई बैंकले निक्षेपको ब्याजदर बढाउने घोषणा गरेका छन्। सिभिल बैंकले मुद्दती निक्षेपमा १२.२२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ। यसैगरी, एनआइसी एसिया बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ