arrow

एनआईसी एशियाको सर्लाहीमा २ शाखा विस्तार

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
nic-asia-bank.gif

काठमाडौं। एनआईसी एशियाले सर्लाहीमा दुई नयाँ शाखा कार्यालय तथा झापामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ। नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप बैंकले नयाँ शाखा विस्तार गरेको जनाएको छ। 

बैंकले सर्लाहीको बरहथवा र बागमती नगरपालिकामा शाखा कार्यालय तथा झापाको बिर्तामोड नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो। बैंकले शहर तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच र शाखारहित बैंकिङ्ग सेवा लिने उद्देश्यले शाखा बिस्तार गरेको बताएको छ। बैंकले मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ