arrow

मिष्टर चेयरम्यान तपाईं ह्वाइट हाउस् आउनुस् न

मिष्टर प्रेसिडेण्ट तपाईं पनि प्योङयाङ आउनुस् है !

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
kim3.JPG

काठमाडौं । उत्तर कारियाली सुप्रिमो किम जोङ उन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने भएका छन् । मंगलबार सिंगापुरमा भएको आत्मीय वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस आउन दिएको निम्ता, नेता किमले स्वीकार गरेको, उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनले जनाएको छ । 

ह्वाइट हाउसको निम्तो स्वीकार गरेका सुप्रिमो किमले, अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि प्योङयाङ घुम्न आउन निम्ता दिएका छन्, वार्ताकै क्रममा । दुुबै नेताले एक अर्काको निम्तो स्वीकारेको र यसले, अमेरिका र उत्तर कोरियावीचको सम्बन्ध थप सुधार हुने केसीएनएले टिप्पणी गरेको छ । 

पछिल्लो पटकको ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमणको निम्ताबारे केही उल्लेख नगरे पनि सिंगापुर बैठकपछि विश्व, संभावित आणविक विपत्तीबाट एक कदम पछि हटेको तर्क गरेका छन् । उनले अब थप रकेट प्रक्षेपण, आणविक परीक्षण र आणविक कार्यक्रको खोजी हुने छैन पनि भनेका छन् । 

उनले ट्वीटमै, बन्धकहरु आफ्ना परिवार सहित घर फर्केका छन् भन्दै, “चेयरम्यान किम धन्यबाद, हामीले सँगै बिताएको दिन (मंगलबार) ऐतिहासिक थियो” पनि भनेका छन् । मंलगबारको शिखर वार्ताका क्रममा नेता किमले, उत्तर कोरिया र अमेरिका दुुबैले एक अर्काविरुद्ध दमन र शत्रुतापूर्ण सैन्य कार्वाही रोक्न अत्यन्त जरुरी रहेको बताएको पनि केसीएनएले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ