arrow

सुन तस्करी प्रकरणः यूएईबाट सूचना लिन कानुनी अडचन

logo
प्रकाशित २०७५ असार ९ शनिबार
88kg-gold.JPG

काठमाडौं। अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन देखिएको छ। तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय विशेष समितिले यूएईबाट सहजै सूचना लिन नसक्ने देखिएको हो। 

यूएई सरकारले द्विपक्षीय पारस्परिक कानुनी सहायता (एमएलए) सम्बन्धी सम्झौता गरेपछि मात्रै त्यस्तो सूचना दिन सहज हुने जनाउ दिएपछि तस्करी गिरोहको पहिचान गर्न कठिन हुने देखिएको छ।

स्रोतका अनुसार समितिले यूएई सरकारसँगै समन्वय गरेर त्यहाँबाट नेपालीले किनेको सुनको विवरण र त्यसमा संलग्नहरूको तथ्य संकलन गर्ने प्रयत्न गरेको थियो। यसबारे समितिले परराष्ट्र मन्त्रालयका अधिकारीसँग समन्वय प्रयास थालेको थियो। 

समितिले चासो लिएपछि परराष्ट्रका केही उच्च अधिकारीले काठमाडौंस्थित यूएई दूतावासमार्फत अनौपचारिक प्रयास थालेको स्रोतले बताएको छ। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ