arrow

काँग्रेस पदाधिकारी र भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1455026227974_Pro_Ktm_-Sushil-Koirala_India_Shushma-soraj-(1).jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका पदाधिकारी र भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ । 
 
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज नेपाल आएको भारतीय विदेशमन्त्री स्वराज नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलबीच दशरथ रङ्शालामा संक्षिप्त भेटवार्ता भएको हो । भेटमा भारतीय नेताले कोइराला परिवारले भारतको स्वतन्त्रता सङ्ग्राममा महत्वपूर्ण योगदान दिएको र कोइराला परिवारसँग भारतको पुरानो सम्बन्ध रहेको चर्चा गर्नुभएको भेटमा सहभागी स्व कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेशचन्द्र भट्टराईले बताए ।
 
भारतीय नेताले स्व कोइरालाको अचानक निधनले आफूलाई दुःखी तुल्याएको बताउँदै दुई दिनअघि मात्र भारतीय राजदूतले कोइरालासँग कुरा गरेको अवगत गराएका थिए । स्व कोइरालाले नै नेपालमा संविधानसभाबाट संविधान ल्याएको बताउँदै उहाँहरुले संविधानमा सबैको अपनत्व गराउन कोइराला नेतृत्वको सरकारले नै संविधानको पहिलो संशोधनमा प्रस्ताव दर्ता गराएको स्मरण गर्नुभएको थियो । 
 
भेटमा काँग्रेसका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, विदेश विभाग प्रमुख सुजाता कोइराला, केन्द्रीय सदस्य महेश आचार्यलगायत नेता हुनुहुन्थ्यो भने भारततर्फबाट विदेशमन्त्री स्वराज, भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम योचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल सहभागी भएका थिए। ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ