arrow

एसईईको परीक्षाफलले शिक्षक, विद्यार्थी, अभिभावक सबै रनभूल्ल

logo
सुदिप वर्देवा,
प्रकाशित २०७५ असार १० आइतबार
see.jpg

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिकतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए ।

प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । यस्तै जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् । जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् । २.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए । तर एसईईको परिक्षाफल प्रकाशित भएपनि बिद्यार्थी, अबिभाबक र लाखौ शिक्षक शिक्षिका रनभुल्लमा परेका छन ।

सरकारले यस  बर्ष देखि कक्षा ९, १२ लाई माध्यमिक तहमा समाहित गर्दै पाठ्यक्रम परिमार्जित सहित संकाय व्यवस्था  हटाएपछि अहिले अन्योलता बढेको छ । सरकारले ल्याएको एकलपथिय व्यवस्थामा ५ वटा बिषयलाई अनिबार्य गरिएको छ भने अरु ऐच्छिक बिषय  बिधार्थीले छानेर पढ्न पाउने ब्यबस्था गरिएको छ ।

यस बर्षदेखि पहिले जस्तो बिज्ञान, ब्यबस्थापन, मानविकी  र शिक्षा संकाय रहनेछैन ।  सरकारले ल्याएको नयाँ  एकल पथिए व्यवस्थामा बिद्यार्थीले कुनै एउटा खास बिषय (बिज्ञान, ब्यबस्थापन, मानविकी र शिक्षा ) लिएर पढ्न पाउदैनन। यता एकलपथिय ब्यबस्था आएसंगै बिद्यालयहरुमा बिद्यार्थीको भर्ना कसरी लिने भन्नेमा शिक्षक आफै अनविज्ञ रहेका छन् । त्यति मात्र होइन ५ वटा अनिवार्य बिषय भनिए पनि ती पाठ्यपुस्तक के कस्ता हुने ? शिक्षक को ब्याबस्था कसरी गर्ने ? लगायतका बिषयले यतिखेर बिद्यालयका प्रधानाध्यापकहरुलाई पिरोलेको छ ।

केहि नीजि बिद्यालयहरुले विभिन्न टेलिभिजनहरुमा  परीक्षाफल प्रकाशित हुनु अगाबै भर्ना सम्बन्धी सुचना प्रसारण गर्न थाले पनि कतिपय बिद्यालयहरु के गर्ने के ? के नगर्ने ? अन्योलमा छन् ।

तर, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका प्रबक्ता तथा सहसचिब बैकुण्ठ अर्याल भन्छन् “यस बर्ष पनि  गत वर्ष को जस्तै संकाय ब्याबस्था अनुसार पठनपाठन संचालन हुन्छ”  । यसै बर्ष देखि लागु हुनेगरे एकलपथिय प्रणाली लागु हुदैन आगामी बर्ष मात्र लागु हुने उनको भनाई छ ।

यसले के देखाउछ भने, सरकारले ल्याउने भनेको एकलपथिय प्रणाली हतारमा गरिएको निर्णय हो । यता सरकारले लागु गर्ने भनिएको एकलपथिय ब्यबस्था अन्योलपुर्ण भएको शिक्षाविद डा. विद्यानाथ कोईरालाले बताएका छन । उनका अनुसार कक्षा ११, १२ क्याम्पसको पूर्व तयारी हो । अथवा बिद्यालय प्रणालि हो । सैधान्तिक रुपमा स्पस्ट छैन। त्यस्तै सरकारले एकल पथीय वा बहुपथीय के हो भन्ने बिषयमा स्पस्ट पार्नु पर्ने बताए ।  यदि एकल पथीय व्यवस्था नै ल्याउन खोजेको हो भने, पंचायत ब्यबस्थादेखि नै एकलपथीय  ब्यवस्था चलि रहेकै छ । उनकै भाषामा “निजि बिद्यालयका साहुजीहरुले बहुपथीय बनाएका हुन,यो बजारले गरेको बदमासी हो”।

यदि एकलपथीय ब्यबस्था लागु गर्ने नै हो भने प्रणाली लचिलो हुनु पर्ने उनको भनाई छ । लचिलो नहुने हो भने व्यवस्था संकटमा पर्छ । एकलपथीय र बहुपथीयमा स्पष्टता नभएकै कारण अहिलेको अन्योलता आएको हो । कोईरालाका अनुसार एकलपथीय व्यवस्था यसै बर्षदेखि लागु गर्ने हो भने अहिले नीजि कलेेेजले गरेको विज्ञापन गर्न मिल्दै मिल्दैन । सरकारले एकलपथीय व्यवस्थामा जानको लागी कुनैपनि पुर्ब तयारी पुरा गरेको छैन । यो सरकारमा रहदा के गरौ–के गरौ भन्ने भएको बेला कुनै तयारि बिना नै मुर्ख्यईं पूर्ण काम हो  ।

यस्तै एकलपथीय व्यवस्थामा आबश्यक पर्ने अनिबार्य ५ वटा बिषय भनिए पनि यी पाठयपुस्तकमा के कस्ता सामग्री रहने भन्ने टुङ्गो लागि सकेको छैन । यता पाठ्यक्रम बिकास बोर्डका प्रमुख कृष्ण काप्री भने यी सबै बिषय टुङ्ग्याउन सोमबार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रीको अध्यक्षतामा बैठक बसेपछि टुंगिने अपेक्षा गरिएको बताउछन ।
 
यी सबै कुरा ले के संकेत गर्छ भने, नीति निर्माण तहमा भएको कमजोरीको परिणाम हो यो अन्योलता ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ