arrow

राष्ट्रपति भण्डारी र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1455026227974_Pro_Ktm_-Sushil-Koirala_India_Shushma-soraj-(1).jpg.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साँझ शिष्टाचार भेट गरेका छन् । 
 
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा असल छिमेकीको नाताले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आउनु भएकामा प्रसन्नता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको सम्बन्ध मैत्रीपूर्ण र स्पष्ट छ भन्ने देखिएको बताए । 
 
भारतीय विदेशमन्त्री स्वराजले आफू यसपटक पूर्वप्रम कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न आएको बताएका थियो । ‘‘शिष्टाचार भेटवार्ता भएकाले अरु विषयमा छलफल भएन”–राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । भेटवार्तामा भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ