arrow

२६ सय बर्ष अघिको झल्को दिन तिलौराकोटमा रोपाई, कृषिमन्त्रीले रोपे धान

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार १५ शुक्रबार
krishi-mantri.jpg

कपिलवस्तु ।  २६ बर्ष अघिको ऐतिहासिक झल्कोलाई देखाउन प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थल तिलौराकोटमा रोपाई मंगल उत्सव मनाईएको छ । बुद्धका पिता राजा सुद्धोदनले २६ सय बर्ष अघि धानको भण्डारकारुपमा रहेको यही क्षेत्रमा धान रोपाई मंगल उत्सव गर्ने गरेका थिए । सोही ईतिहासलाई जीवन्त राख्न यस बर्ष देखि लुम्बिनी विकास कोषले राजा शुद्धोदनको राजदरबार क्षेत्रको पूर्वीद्वार र कन्थक स्तुप  नजिकै धान रोपाई उत्सव सुरु गरेको जनाएको छ । त्यहा रहेको ४ कठ्ठा खेतमा रोपाई गरिएको हो ।

आफैले हलो जोतेर रोपाई गर्दै कृषि भुमी तथा सहकारी मन्त्री चक्रपाणी खनालले उत्सवको उद्घाटन गर्दै २६ बर्ष अघिको ईतिहासलाई जीवन्त राख्न गरिएकाले यो उत्सव आफैमा महत्पूर्ण रहेको बताए । ‘ राजा सुद्धोदनको पालादेखि प्राचिन कपिलवस्तुमा धान उत्पादनमा अब्बल थियो, ’ मन्त्री खनालले भने ‘ त्यही बेला सुरुवात गरिएको परंपरालाई आज फेरी सुरु हुनु अति मंगलमय काम हो ’ ।

राजा शुद्धोधनको पालादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको भन्दै मन्त्री खनालले यस बर्षदेखि सोही महोत्सव तिलौराकोट दरवारमा पुनः सुरुवात गरिएको बताए । उनले आगामी बर्ष यहाँ गरिने उत्सव भब्य र नमुनायोग्य बनाईने घोषणा गरे । उनले कृषि प्रधान देश भए पनि यस बर्ष २४ अर्ब बढीको धान आयात भएकोप्रति चिन्ता ब्यक्त गर्दै अब देशलाई कृषिमा नुमना बनाउन आधुनिक खेतीतर्फ जोड दिए ।

‘ सबैजसो कृषि उपजहरु आयात गरेर ल्याईन्छ, परनिर्भता बढदै गएको छ ’ उनले भने ‘ यस्तोमा अब कृषि क्षेत्रमा आमुल परिवर्तन हुन जरुरी छ ’ ।  उनले परम्परागत खेती प्रणलीलाई बिस्थापित गरी आधुनिक यान्त्रिकरणतर्फ अग्रसर हुनुपर्ने बताए । ‘ अब हलो जोत्ने हातले काटने जवाना गए, सबै चिज मेशीनबाट गर्नु पर्छ ’ उनले भने ।  उनले तराईमा राजा शुद्धोधनले शुरु गरेको धान रोपी मंगलोत्सव मनाउने परम्परालाई विकास गरेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ अगाडी लैजानु पर्ने बताए ।  

उनले कृषिबाट प्रेरणा लिएर आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरणतिर जानुपर्ने बताए। रोपाई महोत्सवमा असारे भाकामा मन्त्री खनाल छमछमी नाचेका थिए। भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी प्राचिन तिलौराकोटमा ऐतिहासिक समयमा धान खेती गर्ने तौरतरिकालाई झल्को दिने गरि महोत्सव गरिएको कोषका  सदस्य राजेश ज्ञवालीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ