arrow

त्रिविले घटायो स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षा शुल्क

logo
प्रकाशित २०७५ असार १६ शनिबार
tribhuvan-university.jpg

काठमाडौं । स्नातकोत्तर पहिलो सेमेस्टरमा देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क त्रिभुवन विश्विद्यालयले  घटाएको छ ।  विद्यार्थी संगठनहरुको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो ।

यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५ सय रुपैयाँ  कायम गरिएको शुल्क  एक हजार रुपैयाँ घटाएको छ ।
त्रिविले १ हजार पाँच सय रुपैयाँ परीक्षा शुल्क लिने सहमति गरेको छ । आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो ।

वार्तामा शुल्क घटाउने सहमति भएसंगै धेरै विद्यार्थीहरुलाई राहत मिल्ने भएको छ । त्यसअघि बढाइएको शुल्क खारेज गर्न माग गर्दै विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा डेलिगेसन गएका थिए ।  त्यसको भोलिपल्टै विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच वार्ता भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ