बुद्धिले देखेको खुसी : ‘राति कोटेश्वरदेखि भक्तपुरसम्म कुकुरले लखेट्दा पनि हाँस्दै कुद्थेँ’ 

कलाकार पार्टीमा लागेको पनि रमाईलै लाग्छ मलाई

प्रकाशित मिति : २०७५ असार २३ शनिबार

कलाको क्षेत्र यसै पनि मानिसहरुलाई मनोरञ्जन प्रदान गर्ने क्षेत्र हो । त्यसमा पनि नाट्य विधा अझ धेरै सशक्त । मानव जीवनको हरेक पाटालाई जस्ताको त्यस्तै पर्दामा उतार्नु सजिलो काम भने होईन । जस्तै, एउटा कुमालेले काँचो माटोलाई एउटा आकर्षक भाँडोमा ढाल्दछ, त्यसरी एउटा कलाकार आफुलाई तिखार्दै तिखार्दै सबैको मन मष्तिष्कमा बस्छ। त्यो पनि यति चाँडै कि त्यसको गति नै नाप्न सकिँदैन । हाँस्नु र खुसी हुनु नै नीवन सुख हो भन्छन्, मान्छेहरु । अनि, मान्छेलाई हसाउँने र खुसी पार्ने चमत्कार हो कलाकारिता । त्यसका ओस्ताद हुन्, कलाकार । पर्दामा अरुलाई हसाउँने कलाबार वास्तविक जीवनमा हति हाँस्दा रहेछन् भन्ने प्रश्न नौलो रहेन अब, त्यो सबैले गर्छन् । 

उनले सुरुमै भनिहाले, तपाई कहाँ जन्मिनु भयो ? तपाईले कति संघर्ष गर्नु भयो भन्ने प्रश्नहरु अब अ‍ैरे गरे भईसके । त्यस्तो प्रश्न नगर्नुस् । उनले भनेका कुरा हामीले बुझ्यौँ । उनको हतारोले पनि झल्काउँथ्यो  अब आफ्नो व्यक्तित्वमात्रै मिडियाले मसला नबनाउन् । उनको अनुरोधको भावले भन्दै थियो, ‘अब मलाई पनि समाज र सामाजिक विषयसँग जोडिदिए हुन्थ्यो । ’ उनको भावना अनुसार हामीले विषय बदल्यौँ । उनको व्यक्तित्वबारे एउटा पनि प्रश्न गरेनौँ । नाट्य विधामा पछिल्लो समय ख्याती कमाएका अभिनेता बुद्धि तामाङ्लाई हामीले मुलुकमा अहिले निकै विकिरहेको शब्द ‘सुख’बारे सोधेका छौँ ।

निकै संघर्षपछि सफलताको शिखर चुमेका बुद्धि केलाई सुख भन्दछन् ? उनको अर्थमा सुख के हो ? अनि लामो राजनीतिक अस्थिरताले  समाजिक दुरावस्थामा रहेको मुलुक कसरी समृद्ध र सुखी हुन्छ ? एउटा सामान्य नागरिकले सुख केलाई ठान्छ ? अहिले नेताहरुले भनेजस्तै सुख प्राप्तीका उपाय के नागरिक आफै  जान्दछन् ? साँच्चै सुख पाउन बुद्धि कति खर्चिनु पर्दो रहेछ ? हामीले खुसी खोज्न कतिको संघर्ष गर्नु पर्दो रहेछ ? यही सेरोफेरोमा रहेर हामीले उनीसँग कुराकानी गरेका छौँ । 
० पछिल्लो सयम तपाई ठ्याक्कै के मा व्यस्त हुनुहुन्छ ?
–आगामी साउन ४ गते देखि चलचित्र भैरे चल्दै छ । म त्यसको प्रमोशनमा कुँदाकुँद गर्दै छुँ । त्यसको प्रमोसनसहितको लागि सञ्चारमाध्यमहरुमा अन्तरवार्ता दिने कुरामा लागि रहेकोछु ।

० भैरे कस्तो चलचित्र हो ?
–नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने किसिमको मिठो कथा बोकेको चलचित्र हो । त्यो भित्र एउटा राम्रो र सकारात्मक सन्देश, रमाइलो लभ स्टोरी, एक्सन लगायत हाम्रो नेपालको अप्पर मुस्ताङको पर्यटकीय स्थल रुमान्थाङ, सिरुवारी, पोखरालगायत विभिन्न ठाउँमा खिचिएको मनोरन्जनात्मक चलचित्र हो ।

० भनेको, तपाई जस्तै युवाको कथा ?
–एक हिसाबले भन्नु पर्दा आज भन्दा करिब ६–७ वर्ष अगाडिसम्म देशमै केही गर्नु पर्छ भनेर म भनिरहन्थ्ये । अझ कतिबेला विदेश जाउँ कि जस्तो पनि लाग्थ्यो । यहा केही गर्न पनि त्यस्तो, यही गर्नुपर्छ भन्ने निश्चित केही छैन । कही कतै त जीवन खर्च गर्नै पर्ने हो । आखिर यही बसेर जीवन खर्च गर्छु भइहाल्छ नि जसरी पनि भनेर मैले निर्णय लिएको थिए । यो निर्णय नगरुन्जेलसम्म मेरो पनि निर्धारित उद्देश्य थिएन । दोधार भएको आवस्था थियो । त्यतिबेला यो होला कि ? त्यो होला कि ? यसो होला कि ? कसो पो हुन्छ भनेर दोधारमा परिरहन्थे । अनि भौंतारिन्थे  । पछि मैले नाटक सुरु गरे ।

० अहिले ठीक ठाक हुनुहुन्छ ? 
–ठीक छ, भन्नु पर्छ । खुसी छुँ । 

० अब मूल विषयमा प्रवेश गरौँ,, तपाईको विचारमा सुख के हो ? तपाई सुख केलाई भन्नु हुन्छ ?
–आफुले कसरी लिन्छ भन्नेमा भर पर्छ । आफ्नै हेर्ने दृष्टिकोणमा भर पर्छ भन्ने लाग्छ मलाई । म प्राय दुःखमा पनि खुसी हुन्छु । मेरा एक दुई वटा घटना यस्तो पनि छन् कि, कोटेश्वरबाट भक्तपुरसम्म राति हिँडेर डेरा फर्किदा कुुकुरले लखेट्यो भने हाँस्दा हाँस्दै कुँद्थ्ये । डरले भयङ्कर कुँद्नु पर्ने ठाउँमा म हाँस्दै कुँद्थ्ये । त्यो संघर्षको बेला थियो । त्यति बेलातिर पीडा पर्दा खेरी पनि हाँसो नै उठ्थ्यो । त्यसलाई मैले सुख हो भन्न खोजेको त होइन । तर, मैले चाँहि यस्ता कुराहरुलाई पनि सुखका रुपमा लिन्थे । 

० भनेको, सुख अनुभुति हो, तपाईको विचारमा ?
–सुख त मन हो । तपाईले त्यसलाई कसरी लिनु हुन्छ भन्ने कुरा हो । तपाईले सुख सोच्नु भयो भने सुखै हो । हैट’ के साह्रो दुःख भनेर सोच्नु भयो भने, दुखै हो । कति सुख कति सुख भनेर मन अमिलो पारेर सुख खोज्न थाल्यो भने सुख कहाँ नेर खोज्ने भन्ने पनि हो । सुख, खुद आनन्द भन्न चाँहि मन आनन्द बनाउनु पर्‍यो । तपाईलाई चाँहि असुन्तुष्टीले खेदेको खेद्यै भयो भने, तपाई सुखको नजिक पुग्नु हुन्छ जस्तो लाग्दैन मलाई ।

० अनि कलाकारितामा सुख बढी छ कि दुःख बढी छ ? 
–हा हा हा, ...दुःखै बढी छ भनौँ । 

० दुःखका कुरा भन्दा पनि हाँस्नु भयो त ? 
– मैले अघि नै भने नि कुकुरले लखेटेको घटना,, म आपतमा हाँस्दै कुद्थेँ । 

० अनि, पछिल्लो समय नेपाली बजारमा बजारमा सुख र सम्वृृद्ध भन्ने शब्द निकै विकिरहेको छ, कतिको सुन्नु भएको छ ?
–सम्वृृद्धि भन्ने शब्द चाँहि समाजिक कामहरुमा धेरै बहस हुने कुरा हो । राजनीतिक शब्द पनि हो  । सामाजिक शब्द पनि हो । धेरै सुनिएका शब्द हुन् सुख, सम्वृद्ध, शान्ति भनेका । 

० यी शब्दहरु दलका नेताका मुखबाट बढी सुन्नु भएको कि ? नागरिकले पनि बोल्छन् ? 
–यी शब्द सबैबाट बराबर नै सुन्ने गरिएको छ । जनताले सम्वृद्धिको कुरो नगरी  नेताले पनि सम्वृृद्धिको कुरा गर्दैन जस्तो लाग्छ मलाई । जनताले नेतालाई सम्वृद्धिकै माग बढी राखिरहेका छन् । हाम्रो देश सम्वृद्ध हुने चिन्ता पहिले जनताले नै गर्ने हो । नेताले त्यही सेन्टिमेन्टलाई लिएर सम्वृद्धिको आश्वासन दिन्छ ।  नेताले आश्वासन दिनु र जनताले आशा गर्नुकै गोलचक्करमै परिरहेको छ नेपालको राजनीति मलाई । 

० नेपालमा राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रमा सुखकै कुरा बढी गर्न थालिएको छ । आम नागरिक अर्थात् तपाईले हामीले खोजेको सुखकै कुरा भईरहेको हो यो ?
–सुख चाँहि दुई किसिमको हुन्छ । एउटा भौतिक र अर्को अत्याध्मिक सुख । भौतिक सुख भनेको हामीसँग स्रोत साधन हुनु पर्‍यो । अत्यामित्क सुख भनेकोक मनले सन्तोस मान्नु पर्‍यो । राजनीतिक हिसावले भन्नु पर्दा हामी भौतिक सेवा सुविधा खोजिरहेका हुन्छौं । व्यक्तिगत रुपमा भन्नु पर्दा हामी आत्याध्मिक सुख खोजिरहेका हुन्छौं । धेरै थरीको सुख छ भन्न सकिन्छ । सायद हामीले खोजेके सुखको कुरा भईरहेको होला । हामी सकारात्मक भएर सोच्नु पर्दछ । 

० तपाईले कहाँ–कहाँ सुख खोज्नु भयो ?
–मैले सबै भन्दा बढी खोजेको नै सुख हो,  पहिले है । अहिले होइन । एक चोटी म सुखको लागि खुबै भौंतारिए । पछि मैले जब पत्ता लगाए कि सुख खोज्ने चीज होइन । सुख महसुस गर्न चीज हो भनेर पत्ता लगाए त्यसपछि सुख खोज्ने कुरा त्यतिकैमा टुङ्गियो । अहिले म सकेसम्म आफुलाई दुःख दिने कोसिस भने गरिरहन्छु । 

० कतिपयले परिवारको सुखका लागि भन्दै खाडीको तातो रोज्छन्, बाध्यताले ।  साँच्चै तपाईका विचारमा सुख खोजेर पाइन्छ ?
–हरेकका आ–आफ्नै सुख छन् । हरेकले आ–आफ्नै अनुसार सुख खोजिरहेका हुन्छन् । मैले अघि नै भौतिक र आध्यात्मिक भनेर । त्योसँग आर्थिक, समाजिक, राजनीतिक धेरै विषय जोडिन्छन् । कसले कुन किसिमको सुख खोजेको हो भन्ने कुरामा निर्भर गर्दछ । भौतिक सुखका लागि स्रोत, साधन र साधनाका पछि डौडिनु पर्‍यो । मन शान्त पार्ने सुख खोजेको हो भने जति तड्पे पनि अन्तिममा आएर आफ्नै मनलाई सम्झाउनु पर्ने हुन्छ । 

० राजनीतिक दलका नेताहरुले प्रयोग गर्ने गरेको ‘सुख’ शब्द कति अर्थपूर्ण लाग्छ, तपाईलाई ? 
–अर्थ लगाउनु पर्छ । नेताहरुले पनि सकेसम्म त सुख खोज्ने कोसिस गर्छन् । नेपाललाई यस्तो बनाउँछौं, उस्तो बनाउँछौं नेपालीलाई सुख दिन्छौं भनेर त पहिले देखि नै भन्दै आएका हुन् । पहिलेको तुलनामा केही सुधार नभएको पनि छैन । मेरै जीवनमा पनि मैले केही भौतिक सुखहरु भोगेको छुँ । जस्तै पहिला मेरो गाउँबाट काठमाडौं आउनको लागि ५ घण्टासम्मको यात्रा हिँडेर गर्न पथ्र्यो । तर, अहिले घरैसम्म गाडी पुग्ने गरेको छ । त्यसलाई सुख मान्ने कि नमान्ने ? त्यसलाई राजनीतिक परिवर्तन भन्ने कि नभन्ने ? यो हेर्दा जे होस् नेताहरुले पनि कोसिस गर्दैछन् भन्ने बुझेकोछु  ।

० जनताका लागि नेताले सुख खोज्दैछन् भन्नेमा तपाई पूरा विश्वस्त हुनुहुन्छ ?
–नेता हुनु भन्दा पहिला उ पनि एउटा जनता हो । त्यसपछि मात्रै नेता भएको हो । मलाई यस्तौ लाग्छ । कोसिस त, गरेका छन् भन्ने मलाई लागेको छ । नत्र पछि मलाई घाटा होला भन्ने डर त उनीहरुलाई पनि हुन्छ होला नि ।

० राजनीति कतिको बुझ्नु हुन्छ ?
–राजनीति शब्द चाँहि बुझ्छुँ । कसरी गर्छन् थाह छैन । फेरि त्यसको मतलब राजनीतिक कुरा सबै थाहा नभएको चाँहि होइन । त्यति धेरै कसरी गर्न सकिन्छ भन्ने चाँहि आउँदैन । त्यसकारण पनि म कलाकार भए हुँला जस्तो लाग्छ कहिले काँही ।

० तपाईहरुको चिनारीको पछाडि पनि त नेता डिएको हुन्छ हैन, ‘अभिनेता’ । अनि त्यो नेताले राजनीति बुझ्नु पर्छ कि पर्दैन ?
–जरुर पर्छ । र हरेकले हरेक कुरा बुझ्नु पर्छ । राजनीतिमै लाग्नु पर्छ भन्ने चाँहि छैन । तर, राजनीति बुझ्नु चाँहि जरुरी छ । थुप्रै अभिनेताहरु राजनीतिमा लागेको देखिन्छ । यो पनि राम्रो लाग्छ मलाई ।

० अनि तपाई चैँ नेता नबन्ने । के छ विचार ?
–नेपालको राजनीतिक रुपमा भन्नु पर्दा यति साह्रो भावनात्मक मान्छे होला जस्तो लाग्दैन र कोही पनि छैन जस्तो पनि लाग्छ । ल १० जनालाई असर परोस्, २० जनालाई ठिक होस् भनेर निर्णय गर्न सक्ने हुनु पर्‍यो । भन्ने मलाई लाग्छ । त्यो क्षमता मसँग छैन कि ?
० सांसद बनेर मन्त्री बनेर कालाकारिता क्षेत्रमा रहेका विकृतिहरु हटाईदिउँ भन्ने सोच्नु हुन्न ? 
–त्यो नेतागिरी त यति धेरै आउँछ कि, पहिला चाँहि यति धेरै आउथ्यो कि जस्तै हामीले नाटक गर्छौ भनेर जोश जागर निकाल्यौं भने, ठूल–ठूला हलहरुमा हाम्रो पहुँच हुँदैनथ्यो । जस्तै, नाच घरमा हाम्रो पहुँच हुँदैन्थ्यो । हामीले त्यहाँ नाटक देखाउनु पाउनु पथ्र्यो । तर, त्यहाँ हामीले देखाउन सक्दैन थ्यौँ । त्यति महंगो भाडा समेत तिर्न सक्दैन थ्यौं । अलि उपयुक्त सजिलै पाउने ठाउँ खोइ त ? सजिलै उपलब्ध हुनु पर्‍यो नि । यस्तो कुराहरु चाँहि राजनीतिक हिसाबले सामाधान हुनु पर्छ । नेताहरुले केही गरिदिनु पर्‍यो । कलाकार देशका गहाना हुन् भन्छन् । गहना चाँहि फुकाल्दै राख्दै गर्छन् । यसरी त हुँदैन नि ! अहिले अलि अलि व्यवस्थित भएको छ ।

० कलाकारहरु राजनीतिमा लागेका छन्, ती राजनीतिमा लागेपछि सांसद पनि भएका छन्, कलाकारिता क्षेत्रमा केही सुधार आयो त ? सुख मिल्यो ?
–केही केही चाँहि सुधार भएको छ । जस्तै कार्डहरु । हामी जस्तो कलाकारहरुको लागि चाँहि भविष्य छैन । हामीले जति कमाउन सक्छौं अहिले हो, जति बचाउन सक्छौं अहिले हो, भाविष्यमा केही हुँदैन । यसको पनि आफ्नै लिमिटेसन छ । एउटा कलाकार चल्न सक्ने पनि एउटा लिमिटेसन हुन्छ । यस किसिमले कार्डहरुमा सुधार आएपनि त्यति धेरै प्रचलनमा आएको छैन । आशा गरौं भविष्यामा चाँडै प्रयोगमा आउँछन् । संस्कृति बचाउने हो भने, कालाकारलाई बचाउन पर्छ । वातावरण हुनु पर्छ र त्यो बनाउनु पर्छ । 

नयाँ