- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड दबंग स्टार सलमान खानलाई फेरि अर्को आपत आइलागेको छ । महाराष्ट्र वन विभागले उनको पनवेलमा रहेको फार्महाउसमा कथित अवैध निर्माणको विषयलाई लिएर नोटिस जारी गरेको छ ।
खान परिवारको वजापुरमा रहेको ‘अर्पिता फार्म’ नामक ठूलो फार्महाउस छ । यसलाई सन् २००३ मा पर्यावरणको दृष्टिकोणले संवेदनशील घोषित गरिएको थियो ।
त्यसपछि सबै निर्माण कार्यमा रोक लगाइएको थियो । त्यो रोकलाई लत्याउँदै सलमानको परिवारले नयाँ निर्माण कार्य गरेका थिए ।
भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाका अनुसार अर्पिता फार्ममा सिमेन्ट, कंक्रिट निर्माण गरी उल्लंघन गरेकाले कार्वाहीका लागि नोटिस जारी गरिएको हो ।
तर सलमानलाई नोटिस दिने वन अधिकारी एसएस कापसेको पनि सरुवा भएको बुझिएको छ ।
सलमानलाई केही न केही टेन्सन भइरहेकै छ । यही कारण उनी नेपाल आउने कार्यक्रमसमेत सर्दै गएको छ ।