arrow

आयो मौद्रिक नीति : के–के छन् नयाँ मौद्रिक नीतिमा व्यवस्था ? 

logo
प्रकाशित २०७५ असार २७ बुधबार
maudrik_niti.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउने आर्थिक वर्ष २०७५–०७६को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आउने आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो । 

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले आर्थिक वर्ष २०७५–०७६को निजियोजित विधेयकका प्राथमिकतालाई सघाउन मौद्रिक नीति सार्वजनिक गरिएको गभर्नर नेपालले बताए । 

त्यस्तै मौद्रिक नीतिले आउने आर्थिक वर्षमा मुद्रास्फितिमा दबाब पर्ने आंकलन गरेको छ ।  अािर्थक वृद्धिदर हासिल गर्ने क्रममा मुलुकका स्थानीय सरकार, प्रदेश सरकार एवं संघीय सरकारबाट हुने खर्चका कारण आगामी आर्थिक वर्षमा मुद्रास्फितिमा उतार चढाब हुने आंकलन गरिएको छ । 

‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिका मुद्रास्फितिमा दबाब पर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । त्यस्तै नेपाल सरकारले राखेको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य हासिल गर्नका लागि रोजगार प्रवद्र्धन र उद्यमशीलतामा जोड दिइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, मौद्रिक नीतिले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले कम भएको  अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरेको छ । सरकारको बजेट अनुसार उपभोक्ता मुद्रास्फितिलाई  साढे ६ प्रतिशतको सीमा भित्रै कायम गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मैद्रिक नीतिलाई निजी बैंकर्स संघले पनि सकारात्मक रुपमा लिएको छ । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले समग्रमा हेर्दा मौद्रिक नीति राम्रो रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ