arrow

२ महिनामै सडकको बिजोग

निर्माण पुरा नहुदै उप्किन्छन् पुनर्वासका कालोपत्रे

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असार २८ बिहिबार
road-punarbas.jpg

पुनर्वास,कञ्चनपुर ।  सडक निर्माणमा मापदण्ड अनुसारको निर्माण सामाग्री प्रयोग नगरि हतारमा कालोपत्रे गर्ने लहर बढेकै कारण ६ महिना नपुग्दै सडक उप्किने र भासिने भइ रहँदा पनि अनुगमन गर्ने निकाय मौन बनेको छ ।

स्थानीय निकायको निर्वाचन सम्पन्न भए यता जिल्लाको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा मापदण्ड बिपरित धमाधम सडक निर्माणको कामले तिब्रता लिए संगै निर्माणमा कमसल सामाग्री प्रयोग भएको पाइएको छ । कम निर्माण सामाग्री प्रयोग गरिकै कारण पुनर्वासमा हालसालै बनाइएका सडक जिर्ण बन्न पुगेका छन् । स्थानिय निकायको निर्वाचन पछि गुणस्तरीय बिकास निर्माणको आश गरेका पुनर्वासका जनता  भासिएका सडक देखेर दिक्क हुन थालेका छन् ।

सडक डिभिजन कार्यालयले बनाएको पुनर्वास नगरपालिका चोक देखि त्रिभुवनबस्ती जोड्ने  कालो पत्रे सडक छ महिना नपुग्दै भासिएको छ ।  यसै गरि गत पुसमा सडक डिभिजनद्वारा निर्माण गरिएको पुनर्वास नगरपालिका ६ स्थित बराल चोक देखि भन्सार जाने सडक भासिएको र घाँस उम्रीएको छ ।  भर्खरै निर्माण सम्पन्न कालोपत्रे सडमा घाँस उम्रनुले मापदण्ड बिपरित निर्माण सामाग्री प्रयोग गरिएको खुलासा भएको हो ।

मात्रै सडक बनाउने लहडले गुणस्तर निर्धारणमा ध्यान नदिदा पुनर्वासमा निर्माण गरिएका कालोपत्रे कमजोर बनेका छन् । निर्माणाधीन सडकको गुणस्तरको अनुगमनमा स्थानीय निकाय ,सडक डिभिजन र सम्बद्ध सरोकारवाला निकायको बेवास्थाका कारण सडक निर्माणकार्य गतिलो बन्न सकेको छैन ।

माटोको प्रकार र भौगोलिक अध्य्यन एवं परिक्षण बिनै निर्माणमा हतार गर्ने गरिएकाले सडक गुणस्तरहीन बन्दै गरेको जानकार हरु बताउछन् । बाटो मात्रै बनाउने लहडमा आलो माटो भरान र होमपाइप राखिएको स्थान मजबुत हुन नपाउदै कालो पत्रे बनाउन गरिएकै हतारका कारण बजेट र सडकको नास भइरहेको छ ।  कालोपत्रेको नाममा नाम मात्रको सामाग्री प्रयोग गरि अलकत्रा छर्कने काम निर्वाध भइ रहे पनि अनुगमन र  नियमन गर्न स्थानीय जनप्रतिनिधिहरु लगायत सबन्धित निकायको बेवास्ताका कारण पुनर्वासमा निर्माण हुँदै गरेका सडक गुणस्तरहीन बन्दै गएका हुन ।

नयाँ बनाउदै गरेको सडकमा प्रयाप्त रोलिङ नहुँदा पुनर्वासमा बनेका सडक गुणस्तरहीन बनेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डि इ लक्ष्मीदत्त भट्टले बताए । डि इ भट्टले भने"१५ सेन्टिमिटर ग्राबेल र १०देखि१५ सेन्टिमिटर गिट्टी राखेर कालोपत्रे बनाउनु पर्ने तर कम प्रयोग भएकै कारण सडक भासिएको र घाँस उम्रीएको हो ।"   मापदण्ड बिना निर्माण गरिएका कारण भासिएका,घाँस उम्रेका र उप्किएका सडकको अनुगमन गरि निर्माण कम्पनी माथी कार्वाही को प्रक्रिया थालिने सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डिइ भट्टले बताए ।

यसै गरि पुनर्वास नगरपालिकाको बजेटमा केही दिन अघि मात्रै निर्माण सम्पन्न गरिएको पुनपा ६ स्थित बालजागृती आधारभुत विद्यालय नजिकको कालोपत्रे चर्कन र भत्कन सुरु गरेको छ ।  कमजोर भौगोलिक अबस्थाको अध्य्यन नगरी बलौटे भिरालो जमिनमा निर्माण गरिएको कालोपत्रे  वर्षायाम थेग्न नसक्ने बनेको छ ।

मात्रै सडक बनाउने लहडका कारण निर्माण गरिएका कालोपत्रेका कारण बजेट सक्ने मेसो मात्रै देखिए पनि सम्बन्धित निकाय मौन बनी रहदा बिकासे काम जिर्ण बन्ने अबस्था आएको हो । सडक बिकासको मेरुदण्ड भए पनि गुणस्तर सुधार्न सम्बन्धित सरोकारवालाको उदासिनताले बजेट सक्ने काम बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ