arrow

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
world-cup-win.jpg

काठमाडौं। रसियाम जारि विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको छ। फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो।

फ्रान्सले ४-२ गोलले क्रोएसियालाई पराजित गरेको हो।  यसअघि फ्रान्सले सन् १९९८को फाईनलमा ब्राजिललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। 

क्रोएसियाको पहिलो पटक विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको हो। यसअघि सन् १९९८को विश्वकप फुटबलमा तेस्रो भएको थियो।

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डुजकिचले आत्मघाती गोल ग्रदै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यस्को १० मिनेट पछि क्रोएासियाका ईभान पेरिसिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

केलको ३८औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गर्दै खेलमा २-१को अग्रता दिलाएका थिए। फ्रान्सकालागि पउल पोग्बाले ५९औं र कयलिन एम्बाप्पेले ६५औं मिनेटमा गोल गर्दै खेलमा ४-को अग्रता दिलाउँदै फ्रान्सलाई उपाधि दिलाउने निश्चित गरेका थिए।

फ्रान्सका गोलकिपर लोरिसको गल्तीको फाईदा उठाउँदै क्रोएसियाका मारियो मान्डुकिचले ६९औं मिनेटमा क्रोएसियाकालगि दोस्रो गोल गर्दै खेल ४-२को स्थितीमा पुर्‍याएका थिए। यही स्कोर नै फ्रान्सलाई विश्वकप जिताउन पर्याप्त रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ