arrow

बालिका बलात्कारको मुख्य कारक यस्तो भिडियो 

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
child-rape.jpg

काठमाडौं । भारतको देहरादुनमा ९ देखि १४ वर्ष उमेरसमुहका पाँच बालकहरुले ८ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । गत विहीबार उनीहरुले आफ्नो घरबाहिर खेलिरहेका बालिकालाई फकाएर एकजना साथीको घरमा बोलाई बलात्कार गरेका हुन् । 

उनीहरुले मोबाइलमा पोर्न भिडियो हेरेको दुईदिनपछि यस किसिमको घटना घटेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरुलाई अहिले पक्राउ गरी एक सुधार गृहमा राखिएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार पीडित बालिका र पाँचजना बालकहरु एउटै छिमेकमा बस्ने गरेका थिए । यस्तोमा उनीहरुले बालिकालार्इ दिउँसो उनको घरमा कोही नभएको मौकामा फकाएर एकजना साथीको घरमा लगेका थिए । यो घटनामा संलग्न एक जनाले उक्त भिडियो हेरेपछि बलात्कारको योजना बुनेको बताएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका पाँचैजनालाई आइतबार जुभेनाइल अदालतमा पेश गरिएको थियो र उनीहरुलाई सुधार गृह पठाइएको थियो । प्रहरीले उक्त पोर्न भिडियो हेरेको मोबाइल पनि बरामद गरेको छ । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ